हुने भएको छ । सन् २०२० देखि कार्यान्वयनमा आउने गरी गरिएको परिवर्तनमा भिसा शुल्क महंगो भएको छ ।
यसअघि सबैभन्दा छोटो अवधिका लागि दिइने सेजन्जेन भिसाको शुल्क ६० युरो भएकोमा त्यसलाई बढाएर ८० डलर पुर्याइएको छ । यो १३ वर्षभन्दा माथिकाका लागि भिसा शुल्क हो । पाँच वर्षसम्मका बालबालिकालाई कुनै शुल्क नलाग्ने प्रावधान रहेको छ भने छ वर्षदेखि १२ वर्ष उमरसमुहका ४० युरो लाग्छ जबकि यसअघि यो उमेर समुहका लागि ३५ युरो भिसा शुल्क थियो ।
यसअघि एकपटकलाई मात्र हुने संगल इन्ट्री भिसा मात्र दिइदै आएकोमा अब १ देखि ५ बर्षसम्मको मल्टिपल रिइन्ट्री भिसा पनि दिइने नयाँ व्यवस्था गरिएको छ ।
यसैगरी नयाँ प्रावधानअनुसार युरोपियन मुलुक घुम्न चाहने पर्यटकले ६ महिना अगाडिसम्म सेन्जेन भिसाका लागि आवेदन दिन सक्नेछन् । यस अगाडि ९० दिनअगाडि मात्र आवेदन दिन पाउने प्रावधान रहेको थियो । पर्यटकका लागि सहजता होस् भने यसपटक एउटा नयाँ प्रावधान पनि थपिएको छ । जसअनुसार सेन्जेन भिसाका लागि जानुभन्दा कम्तिमा १५ दिन अगाडि आवेदन दिनुपर्ने हुन्छ ।
सेन्जेन भिसामा ल्याइएको यो परिवर्तनले मिश्रित प्रतिक्रिया पाएको छ । केहीले शुल्क बढेको भनेर बेठीक भनेका छन् भने केहीले मल्टिपल रिइन्ट्रीको पनि व्यवस्था भएकाले यसलाई स्वागतयोग्य भनेका छन् ।