प्रधानममन्त्री ओली फ्रान्समा केवलकारमा झण्डै एकघण्टा अड्किए

फ्रान्सको सिमोनी क्षेत्रमा प्रधानमन्त्री ओली धर्मपत्नी राधिका शाक्यका साथ । तस्बिर : ल दोफिन

युरोप भ्रमणका क्रममा फ्रान्समा रहेका प्रधानमन्त्री के पी शर्मा ओली झण्डै एक घण्टा केबलकारमा अड्किएको समाचार फ्रान्सीसी सञ्चार माध्यमहरूले जनाएका छन् । 

युरोपकै सबैभन्दा अग्लो हिमाल मो ब्लँ (४८१० मिटर) रहेको सामोनी क्षेत्र घुम्न गएका प्रधानमन्त्री केपी शर्मा ओलीको टोली झण्डै एक घण्टा केबलकारमा अड्किएको बताइएको छ । दुई हजार पाँचसय मिटरको उचाइमा पुगेपछि केबलकार अड्केको थियो। 

प्रधानमन्त्रीको टोलीमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, निवर्तमान मिस नेपाल श्रृङ्खला खतिवडा रहेका थिए। उनीहरूसँगै ओत साभ्वा क्षेत्रका डेपुटी साभिय रोसेरेन, सामोनी नगरप्रमुख एरिक फुर्निय, मोब्लँ कम्पनीका प्रमुख सन्ञ्चालक अधिकृत माथ्यु देशाभानलगायतका ४० यात्रु केवलकारमा अड्किए । 
 
मौसममा आएको खरावीका कारण केबुलकार अड्केको थियो । 

 
प्रकाशित मिति: : 2019-06-15 08:24:54

प्रतिकृया दिनुहोस्