उदीत नारायणका ‘मेन्टर’ तथा पूर्वमन्त्री चतुरभुजप्रसाद सिंहको राजविराजमा निधन

बिएल

राजविराजको चर्चित राजनीतिज्ञ तथा नेपालका चर्चित गायक उदीत नारायण झाका ‘मेन्टर’ चतुरभुजप्रसाद सिंहको शुक्रबार बिहान निधन भएको छ। 

उनी ८६ वर्षका थिए। २०४० सालतिर सञ्चारमन्त्री भएका सिंहको जन्म गणतन्त्रवादी नेता रामराजप्रसाद सिंह जन्मिएको कोइलाडीपुरमा भएको थियो।

चतुरभुजप्रसाद सिंहको प्रेरणा र मार्ग निर्देशनले उदीतले रेडियो नेपालमा ‘ब्रेक’ पाएका थिए।

सप्तरीमा सामान्य गीत गाउँदै हिड्ने उदीतलाई काठमाडौं ल्याएर सबै माझ परिचित गराउने व्यक्ति सिंह नै थिए।

‘उनको निधनले एउटा कालखण्ड समाप्त भएको छ। उहाँ राजविराजको चर्चित व्यक्तित्व हुनुहुन्थ्यो,’ समाजवादी दल नेपालका केन्द्रिय सदस्य शैलेश चौधरीले बीएल मिडियासँग भने।

सिंह पछिल्लो समय विहारपुर वडा नम्बर–९ मा बसोबास गर्दै आइरहेका थिए। उनी २०४६ सालपछि राजनीतिबाट निस्क्रिय थिए।

‘उदीत नारायण झाले थुप्रै पल्ट भन्नु भएको थियो। उहाँलाई चर्चित बनाउन चतुरभुजप्रसाद सिंहको ठूलो हात छ,’ उनले भने।

प्रकाशित मिति: : 2019-07-26 20:07:00

प्रतिकृया दिनुहोस्