ज्वाईं अर्थात् छोरो मान्छे। घरको छोरो मान्छे भन्दा ससुराली पुगेको छोरोमान्छे अझै गन्नेमान्ने ब्यक्ति हुन्छ होला सायद। ससुरालीमा सधैं अदब सम्मान्, तातो चिसोको चासो र चिन्ता, मिष्टान्न र दक्षिणा ! नेपाली परम्परामा ज्वाईं भन्या झन्डैझन्डै पारस नै हो एकबेलाको। अब यस्तो सम्माननीय नातागोताको छोरो मान्छेले गन्ति न मन्तिको घर धन्दामा लागेर पकाएर खुवाउने त्यो नि ससुरालीलाई ? सुन्दै खानदानको नाक काट्ने गफ गरे जस्तो कुरा !
ससुराली गएर पकाएर खुवाउने त मौकै मिल्दैन, तर ससुराली आफ्नामा आएका बेला भने मौका छोप्न सकिन्छ। तर, ज्वानो र मेथीको मामिला मिलाउने ढंग छ भने मात्रै अघि सर्नु ठीक हुन्छ। नत्र सिकेर मात्रै अघि सर्नु ठीक हुन्छ। नमिठो बनाउनु भो खानेकुरा भने यो अघिपछिको जस्तो सामान्य नमिठोको कुरा मात्रै हुदैन। ज्वाईंले पकाएको त्याँमाथि मुखाँ हालिनसक्नुको ! तपाईंको पाक कलाले सानोतिनो काण्ड वा प्रकरणकै रुप लिनसक्छ मेसो मिलेन भने।
कतिपय तपाईं पनि पक्कै ज्वाईं बनिसक्नु भएको छ म जस्तै । नभए नि एकदिन त बनूँला भन्ने प्रचण्ड इच्छा र सपना बोकेर सम्भावित ससुरालीका बान्की मिल्या यो या त्यो छोरीलाई ताकिरहनु भएको होला। पकाउन सिक्नुहोस् आजैबाट। ज्वाईंले पकाको खाने सौभाग्यबाट बन्चित नगर्नुहोस् ससुरालीलाई।
भुराकी आमा कामबाट अबेर आउने भएकोले बेलुकाको आहारविहार तुल्याएर भुरालाई खुवाउनु र भुराकी आमालाई कुर्नु वा भुरा नि गाडीमा गुट्मुमुट्याएर उसलाई लिन जानु मेरो नित्य कर्म हो साँझको।
मैले किचनमा काम गर्दा सधैं एकोहोरो दालभात तरकारी मात्रै पाक्दैन। कहिले सुख्खा रोटी दाल तरकारी, कहिले थुक्पा, कहिले पिज्जा, कहिले पास्ता, म्याकोरोनि, कहिले ‘फ्राई राइस’ कहिले ‘स्याण्डविच’ वा ‘बर्गर’, कहिले चिकेन सलाद र उसिनेको चना, कहिले मकैको रोटी वा फापरको रोटी, कहिले शिख कवाब त कहिले बम्बे बिरयानी, कहिले मेक्सिकन बुरिटो। यस्तै अनेक प्रयोग र प्रयास चलाइरहन्छु म किचनमा। माथ्लो तलामा भएकी छोरी तलबाट खानको बास्ना नाकमा पुगेपछि घोडा दौडेजस्तो किचनमा आउँछे र केके पाकेछ भनेर सबैथोकको बिर्को खोलेर जाँच गर्छे र अलिकति चाखिहाल्न पाए हुन्थ्यो जस्तो गर्छे। म भान्से बाउलाई खुब आनन्द आउँछ यो घडीमा।
यो पनि पढ्नुस्
बिएल बिशेष: 'मेक्सिको वाल' स्थलगत रिपोर्ट
‘मैले सघाउने भनेको आलु ताछ्न। फर्सी ताछ्न हो, यसमा कुनै सीप र दिमाग लाउनु पर्दैन र अबजस नि आउदैन, बाहिरको बोक्रो फाल्न त जसले नि सक्छ नि, काट्न नि चानाको आकारअनुसार स्वाद फरक पर्छ भदिन्छन् महिला पाटीले …’ मेरो साथी उर्फ ‘छोरो मान्छे’ले छोरी मान्छेकै हुलमा हँसायो एकबेला।
अहिले भने साँझको भान्साको कामबाट ‘ले अफ’ मिलेको छ भने हुन्छ। कारण ससुरालीबाट बुबाआमा क्यानाडा घुम्न आउनु भएको छ। भान्सामा ममी ढुक्कै खट्नु भएको छ। बिहानको खाना खाएर सकेको धेरै नबित्तै बेलुकाको सागसब्जी के पकाउने त आज भन्ने ममीको योजना सुरु हुन्छ अचेल!
नेपाली समाज र जीवनशैलीको छोरो मान्छे भनेको घरमा महिला हुँदाहुदै भान्सामा पसेर आलु काट्ने वा सबैले खाइसकेपछि डाडु पुनिऊँ चाट्ने मान्छे नै होइन।
‘हाम्रा घरका छोरा मान्छेले पकाको त कहाँ खान सकिन्छ, न नुन अड्कल्न आउँछ, न भुटुन खारिएको र नखारिएको भेउ पाउनु छ…’ यस्तै सुनिन्छ घरजममा प्राय।
‘मैले सघाउने भनेको आलु ताछ्न। फर्सी ताछ्न हो, यसमा कुनै सीप र दिमाग लाउनु पर्दैन र अबजस नि आउदैन, बाहिरको बोक्रो फाल्न त जसले नि सक्छ नि, काट्न नि चानाको आकारअनुसार स्वाद फरक पर्छ भदिन्छन् महिला पाटीले …’ मेरो साथी उर्फ ‘छोरो मान्छे’ले छोरी मान्छेकै हुलमा हँसायो एकबेला।
चानाचुनीको आकार मिलाएर काट्नुमा र पकाउनुमा नि अर्थ नहुने होइन। पाकेको खानाको ‘टेक्स्चर’ कस्तो देखिन्छ भन्ने कुराले खाने मान्छेको सन्तुष्टी र स्वादलाई पूर्वाग्रह दिन्छ। हेर्दै खुँडिएको, धेर पाकेर फतक्कै भएको, बेसार आदि मसलाको रंग संयोजन नमिलेको, हेर्दै नखाऊँनखाऊँ लाग्ने त हुनुभएन पकाएपछि। पकाउनुका कला र शिक्षा पक्ष कति छन् कति।
खानु दैनिक जीवनको कति महत्वपूर्ण कामकुरा हो भनेर कसलाई भनिरहनु पर्यो र। अनि खानु महिलाले मात्रै पर्ने र पुरुषले नपर्ने भए, लौ त यो जातलाई खानै पर्दैन, किन पकाउनु? सिक्नु भन्दा हुन्थ्यो। घरमा मिठो मसिनो र जिब्रोमा झुन्डिने खानेकुरा सधैं खोज्ने र अरुले मेहनतले पकाएको खानालाई यो मिठो, यो नमिठो भनेर ‘ट्याग’ लगाइदिने प्रथम न्यायधीश सधैं यही छोरोमान्छे नै हुन्छ घरमा।
फलानीले पकाई भने त तीन थाल खाइन्छ, अनि फलानीचैं चुलामा लागि भने अब दिउसै मुसा कुद्ने भए पेटमा … ‘ यस्तो सुनिन्छ स्वादे जिब्रोका छोरा मान्छेका मुखबाट।
अनि त्यही पुरुषले सगौरव ‘आफूलाई पकाउनका नाममा पानी उमालेर खान र सिटी लागेको कुकरको ग्याँस निभाइदिन बाहेक केही आउँदैन…’ भनेको सुन्न कली कुर्नै पर्दैन, एकैछिन धैर्य मात्रै गर्नुपर्छ। एकदिन प्रेसरकुकर बसाएर कता फुत्त निस्केछ। कुकरले सिटि मार्न थाल्यो। मन्त्रीज्यूलाई पर्यो आपत। कति सिटिमा के पाक्छ र कतिबेला यसलाई के गर्ने कुनै मालुम नाइँ। मेरा कोठामा पसेर गुहार मारे बुढाले र मैले गएर ग्याँस बन्द गरिदिएँ।
यो पनि पढ्नुस्
डेढ वर्षदेखि ‘ए.एल.एस.’ रोगबाट थलिएका टेण्डी
‘बुढी माइत गकी छ, चौधरीको चाउचाउको भरमा छु, ग्यास्टिकका तीनचार ‘भेराइटी’ एकैचोटी उब्जेला जस्तो भइसक्यो’ भन्ने बिचरा छोरो मान्छे गल्लीपिच्छे कति छन् कति।
पढ्न कीर्तिपुर बस्दा पल्ला डेरामा एकजना पूर्ब मन्त्रीज्यू बस्नुहुन्थ्यो आफ्नो भतिजोसँग। भतिजो दालभात, तरकारी र अचारको पुरा ‘कोर्स’ बनाउन जान्दैनथ्यो वा अल्छी गर्थ्यो। सधैंजसो प्रेसर कुकरमा दालभात तरकारीको मिसावट फाँडो एकैचोटी सिटि फुकेर आहार बनाउँथ्यो। एकदिन प्रेसरकुकर बसाएर कता फुत्त निस्केछ। कुकरले सिटि मार्न थाल्यो। मन्त्रीज्यूलाई पर्यो आपत। कति सिटिमा के पाक्छ र कतिबेला यसलाई के गर्ने कुनै मालुम नाइँ। मेरा कोठामा पसेर गुहार मारे बुढाले र मैले गएर ग्याँस बन्द गरिदिएँ।
म भान्सामा काम गर्नबाट भाग्दिन। खाना पकाउनुमा रमाइलो छ। खाना पकाउनुमा सिर्जनशीलता छ। नयाँनयाँ कुराको प्रयोग गरेर परिकार नै आविष्कार गर्न सकिन्छ भान्सामा। कुनै ‘रेसिपी’ भेटियो वा नयाँ खानेकुरा खाइयो भने यो कसरी बनाउने रैछ त भनेर अघि दिमागले सोच्न थाल्छ मेरो। घरमा सिकार आयो भने बाबाले नै पकाओस भन्ने अरुको मनसाय बुझ्न मलाई बेरै लाग्दैन।
नेपाली भान्सामा पाक्ने आहार भात पकाउने, दाल पकाउने झान्ने, जुनसुकै प्रकारको चट्नी बनाउने, बयममा राखेर बनाउने अचार बनाउन, साग पकाउने वा अन्य तरकारी बनाउने काममा म निपुण छु भन्न सक्छु। त्यस उप्रान्त छिमेकी भारत मूल थालो भएका समोसा, जुलेबी, बिरयानी, बटर चिकेन, राइता, लालमोहन, पकोडा, परांठा, डोसा आदि नि ताक परे दुरुस्तै बनाइदिन्छु। क्यानाडेली आहार पिज्जा, चिकेनका परिकार, सलाद, लजानिया, कुकिज, कप केक, बटर टार्ट, पुटिन, बर्गर, स्यान्डविच पनि घरमा चलिरहने खान्की हुन्।
नेपाल छोडेर यता बस्न आएपछि म छोरो मान्छेले किचनमा काम गर्नु घर चलाउने आवश्यकता पनि बन्यो। छोरो मान्छेले किचनमा काम गर्ने वा पालो दिने भएपछि पुस्तौंपुस्ता महिलाले नै धानेको यो काममा महिलाको पनि ‘एक्स्पेक्टेसन’ क्रमसः अलिक बढ्दै जाने चाहिँ रहेछ।
यो पनि पढ्नुस्
पश्चिमी गोराहरू सगौरव हाम्रो पूर्वीय ज्ञानको गोरेटोमा सिढीहरु उक्लिदै छन्
म पनि मेरा वय दामलका अरु नेपाली जस्तै पुरुषप्रधान समाजमा हुर्किएको छोरो मान्छे हुँ। लोग्ने हुँ, छोरो हुँ, बाउ हुँ र उही सम्माननीय ज्वाईं हुँ। मैले नि आफूले खाएको हेरिनसक्नुको फोहोरी थाल झिँगा भन्काएर खान बसेकै ठाउँमा छोडेर हुर्केको हुँ। पछि आमाले वा बहिनीहरुले टिपेर लगी माझेका हुन् सधैभरि। अहिले सम्झिँदा यो चलन निकै नै दलाहा र तर्कहीन पुरुषप्रधान प्रथा रहेछ जस्तो लाग्छ।
नेपाल छोडेर यता बस्न आएपछि म छोरो मान्छेले किचनमा काम गर्नु घर चलाउने आवश्यकता पनि बन्यो। छोरो मान्छेले किचनमा काम गर्ने वा पालो दिने भएपछि पुस्तौंपुस्ता महिलाले नै धानेको यो काममा महिलाको पनि ‘एक्स्पेक्टेसन’ क्रमसः अलिक बढ्दै जाने चाहिँ रहेछ।
खासै ब्यस्त नहुँदा पनि आज श्रीमानजीले पकाए हुन्थ्यो। म बरु ‘कुम कुम की कहानी’ सिध्याउने थिएँ टिभीमा भन्ने जस्तो गर्दिने। भुराकी आमाको बिदा भएको दिन छ भनेचाहिँ मलाई मभित्रको छोरो मान्छेले किचनमा जा, पका र सोफामा बसेर टिभीको स्वादमा डुबेका आमाछोरीलाई भोजन टक्र्या भनेर स्वतस्फुर्त अघि सार्दैन। श्रीमतीजी घरमा भएका दिन लहड चले मात्रै किचनमा लाग्छु म। यसमा नि कारण छ। शनिबार एकदिन घरमा हुने आमा र श्रीमतीले पकाएको खान पाउनु हाम्रो नि अधिकार हो नि भनेजस्तो गर्छौं।
पढ्ने र जागिर खाने बाध्यताले आमा, बहिनी, भाउजू, काकी वा श्रीमतीबाट टाडा बस्नुपर्ने भएर बाध्यताले छोरो मान्छे पकाउन त काम चलाउ पकाउछ तर धेरैजसो छोरोमान्छे मलाई मिठो पकाउन आउछ भनेर आत्माभिमान गर्न सक्दैन। फेरि सबै छोरो मान्छे पकाउन नजान्ने हुने कुरा नि सत्य होइन। मेरै साथीहरु छन् यहाँ कतिपय जो किचनमा सीप, सिर्जनशीलता र प्रेमले पकाएर खुवाउनका माहिर !भिडियो च्याटका बेला भन्छु ‘तैंले ममीलाई सघाइस त आज केही ? कलबाट पानी पेलेर ल्याई गाग्रो भर्न, कसिंगर लाउन, ओछ्यान मिलाउन, लडेको लोटा उठाउन, आलु काटिदिन वा घिरौंला खुर्किदिन,आफूले खाएको थाल माझ्न त सक्छस् नि…’ क्यानाडा बस्ने ठुलो बाबुले केके न ‘इन्टरनेसनल’ कुरा भन्ला भनेको त घरधन्दा गर्न पो लाउँछ भन्दो हो मनमनै।
यो पनि पढ्नुस्
जागिरे जीवनमा डेराको बासमा म आफैं पकाएर खाऊँ भन्न खोज्थें। साथीहरु कवितामा उडाउथे मलाई यसरी:
‘कताको मेथी कताको ज्वानो
होटेलमा खाइन्छ एक मुठी मानो’
छोरो मान्छेले पकाउन नजान्ने भन्ने कुरा गर्वका साथ् गर्ने कुरै होइन। जति बर्षको भैयो त्यति बर्ष घरमा साँझ बिहान पाकेको पकाको देखेर र त्यो खाएर आएको मान्छेले मलाई केही आउँदैन पकाउन भन्न छुट पाएर मात्रै पलापिएको हो छोरो मान्छे। यो छोरा मान्छेले पकाउन नजान्ने वा नपर्ने कुरा संस्कारिक रुपमा सानैबाट सुरु हुन्छ।
‘छोरी, दादा पढ्दै होला च्या लगिदेउ नानू’ आमाले अह्राएको यस्तै हुन्छ घरमा।
‘बाबू, बहिनी भोकाई होला त्यसलाई चिया खाजा केही बनाइदे त झट्टै’ भनेको सुन्न पाए पो छोरो मान्छेले भान्सामा पकाउन जान्ने थियो।
छोरीलाई चिया पकाउन, तरकारी काट्न, कसिंगर लगाउन, भाँडा धुन, लुगा धुन सिकाउने आमाको चिन्ता, योजना र प्याकेज हुन्छ। यही ‘जीवन सीप’ छोरालाई सिकाउनु पर्ने खाँचो नै देखिंदैन अनि कसरी हुन्छ यसरी ?
नेपालमा १२ सकेको लक्का जवान भतिजो छ रोशन। परिवारको एकमात्र सुपुत्र ऊ। भिडियो च्याटका बेला भन्छु ‘तैंले ममीलाई सघाइस त आज केही ? कलबाट पानी पेलेर ल्याई गाग्रो भर्न, कसिंगर लाउन, ओछ्यान मिलाउन, लडेको लोटा उठाउन, आलु काटिदिन वा घिरौंला खुर्किदिन,आफूले खाएको थाल माझ्न त सक्छस् नि…’ क्यानाडा बस्ने ठुलो बाबुले केके न ‘इन्टरनेसनल’ कुरा भन्ला भनेको त घरधन्दा गर्न पो लाउँछ भन्दो हो मनमनै। सुनिनेगरी चैं हाँसेर टारिदिन्छ ऊ।
अर्काले पकाएको आहार पलेंटी कसेर खाने अनि औंलाले लातारेका हेर्दै वाक्क आउला जस्ता लेग्रायुक्त थाल र बटुका ठाउँको ठाउँ छोडेर हिंड्ने बेमान छोरो मान्छे हौं हामी। आफूले खाएको जुठो थाल टिप्न आउने दोश्रो मान्छेलाई सारै घिन लाग्छ होला दही, मोही र झोलले लत्पतिएको जुठो वर्तन भन्ने डरले म आफ्नो थाल आफैं माझ्न र घरमा नानीहरुलाई पनि त्यही गर्न सिकाउनमा जोड गर्छु।
कतै खान गएका बेला म छोरो मान्छेले आफूले खाएको थाल टिपेर जुठेल्नातिर लान खोजें भने र त्यसलाई माझेर थन्क्याउन खोजें भने ‘होइन होइन होइन … त्यहीं छोडिदिइ पाऊँ म गरिहाल्छु नि…‘ भन्ने आवाज निकाल्नु पर्ने संस्कारको थिचाइमा छन् हाम्रा छोरी मान्छे। एउटा सामसुंग ट्याब्लेट छ ममीको यहाँ आएदेखि। बिभिन्न महादेशका नातागोता इष्टमित्र मान्छेसँग श्रव्यदृश्य कुराकानी गरिरहनुहुन्छ उहाँ। प्रसंगले ‘ज्वाईं किचनमा पकाउँदै हामी सोफामा बसेर टिभी हेर्दै’ भन्नु पर्ने भएछ फोन वार्तालापमा उहाँलाई।
यो पनि हेर्नुस्
एकदिन घुम्न गइयो होटेलमा तीन रात बस्ने गरी एउटा साथीको परिवारसँग। साथीका बुबाआमा नि हुनुहुन्थ्यो नेपालबाट आउनु भएको। बिहान उठेर होटेलको किचनमा ओर्लेर मैले भात र ताततातो गुन्द्रुकको झोल तयार पारें अरुले माथि बिहानको नित्यकर्म सकेर तयार हुँदावर्दा। एकामुलुकको एकाहोटेलको एकाकिचनमा एकाबिहानै यसरी तातो गुन्द्रुकको झोलसँग नेपाली आहार गर्न पाउँदा मेरो जाँगर र सीपले खुब भाउ पायो भनेर भन्नुपर्छ त्यो दिनको कुरा गर्नुपर्दा।
मान्छेले सारै सिपालु पकाउन भनेर मुखेन्जी सर्क्याएको खासै मन पर्दैन मलाई। जाबो भाततिहुन गर्न कसलाई आउदैन र जस्तो लाग्छ। तर आफूले पकाई तुल्याई अरुलाई खान दिएको दिन पर्दा खानाको, स्वादको र जाँगरको प्रशंसा गरिदिँदा त कसलाई मन पर्दैन र। मलाई नि खुबै पर्छ, म भान्सेको खानाले भाउ पाउँदा।
ममीलाई ज्वाईंलाई भान्सामा खटाएर आफू बसेर खान नपरे हुन्थ्यो भनेर खुब अफ्ठ्यारो लागेको बुझिन्छ। उहाँ आएदेखि भान्साको काम पुरै जिम्मा लिनु भएको छ। म मुड चलेका बेला मात्रै आज म पकाउँछु भनेर अघि सर्छु। सबैले मिठो मानेर भोजन ग्रहण गरेको पाउँछु म भान्से भएका दिन पनि सधैं जस्तो। छोरो मान्छे भान्से लागेका दिन दिउँसै पेटमा मुसा कुद्ने वा मध्येरातमा आन्द्राले छुत्ती खेल्ने पिरलो लिएको मैले पाएको छुइन मेरो परिवारमा।
एउटा सामसुंग ट्याब्लेट छ ममीको यहाँ आएदेखि। बिभिन्न महादेशका नातागोता इष्टमित्र मान्छेसँग श्रव्यदृश्य कुराकानी गरिरहनुहुन्छ उहाँ। प्रसंगले ‘ज्वाईं किचनमा पकाउँदै हामी सोफामा बसेर टिभी हेर्दै’ भन्नु पर्ने भएछ फोन वार्तालापमा उहाँलाई। उताबाट उल्का मानेको बुझियो। सायद उतापटिका छोरा मान्छे कहिले छोरी मान्छेका हातबाट मिठोचोखो पाक्ला भनेर कुरेर बस्ने ‘ड्यासिंग हि म्यान’ मात्रै परेका हुन सक्छन्।
यो जगतमा कुरा गरेर साध्य छैन। खुबै जान्ने पल्टेको भन्ने भइसक्यो होला तपाईंलाई। मान्छे दस राम्रा कुरा गर्नेका कहाँ एउटा नराम्रो कुरा भेटिन्छ र त्यसलाई टिपेर सिन्को नभाँची ‘लेक्चर’ दिन पाइन्छ भन्ने गौंडा कुरेर बसेको हुन्छ बिदेशमा।
बरु उहिले इलाम क्याम्पस पढ्दा क्याम्पसको सांस्कृतिक कार्येक्रमको उद्घोषकलाई तल दर्शकदीर्घाबाट एउटा चिर्कटोमा लेखेर हाम्रो त्योबेलाको भूमिगत गठन ‘चुपचाप समूह’ ले पठाएको र उद्घोषकले खुब मच्चिमच्चि बाचन गरिदिएर दुनियाँ हँसाएको यो एउटा ‘पुरुष प्रधान’ मुक्तक तपाईंलाई छोड्दै म भागें यहाँबाट:
क्याम्पसको पढाइ डेराको बास
खोइ केको भविष्य खोइ केको आस
कता पर्छ चाबी कता पर्छ साँचो
भात पकायो भातै काँचो
त्यसैले त प्रिये,
मलाई पर्नु परिसक्यो तिम्रो खाँचो !!