चिनियाँ ग्याँस उद्योगमा भएको विस्फोटमा दुईको मृत्यु, १२ सम्पर्कविहीन

तस्बिरः एजेन्सी

बेइजिङ । चीनको एउटा ग्याँस उद्योगमा भएको विस्फोटनमा परी कम्तीमा दुई जनाको मृत्यु भएको छ भने घटनापछि १२ जना सम्पर्कविहीन भएका छन् ।

देशको मध्यभागमा रहेको हेनान कोल ज्यास उद्योगमा भएको घटनामा परी अरू १८ जना घाइते भएको चिनियाँ अधिकारीहरुले जनाएका छन्। स्थानीय समयअनुसार शुक्रबार बेलुका ५:५० मा विस्फोट भएको यीमाको स्थानीय प्रशासनले जनाएको छ। विस्फोटनपछि उद्योगको काम बन्द गरिएको छ।

प्रकाशित मिति: : 2019-07-19 23:19:06

प्रतिकृया दिनुहोस्