नागरिकको जीवनलाई सामाजिक सुरक्षा योजनाले सुखमय बनाउनेछः मन्त्री गोकर्ण विष्ट

बिएल

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले सामाजिक सुरक्षा योजना अन्तर्गत हरेक नागरिकको जीवनलाई सुःखमय बनाउन चाहेको बताएका छन्।

मन्त्री विष्टले अप्ठयारो परेका बेला साथ दिने उल्लेख गर्दै सामाजिक सुरक्षा योजनामा सहभागी हुन ढिलाई नगर्न पनि सबैलाई आग्रह गरे।

शुक्रबार काठमाडौंमा आयोजित ‘सामाजिक सुरक्षा योजना कार्यान्वयन’ विषयक अभिमुखिकरण कार्यक्रममा बोल्दै उनले हरेक नागरिकको सुःखद भविष्यको चाहनालाई पूरा गर्ने गरी आएकाले सो योजनामासबैको सहभागिता अनिवार्य रहेको पनि स्पष्ट पारे।

त्यस अवसरमा उनले सरकारले कार्यान्वयनमा ल्याएको सामाजिक सुरक्षा योजनाले सबै जनताको जीवनमा सुःखको अनुभूति गराउने पनि बताए।

चाहे बुढेसकाल होस् वा दुःख परेका बेला सामाजिक सुरक्षा योजनामा समावेश भएका नागरिकलाई सरकारले पेन्सनमार्फत् सहायता दिने पनि स्मरण गराए।

मन्त्री विष्टले नागरिकको सुरक्षित भविष्यका लागि पनि सरकारले सबै नागरिकलाई पेन्सनको व्यवस्था हुने गरी सामाजिक सुरक्षा योजना कार्यान्वयनमा ल्याएको पनि उल्लेख गरे।

प्रकाशित मिति: : 2019-11-15 13:36:15

प्रतिकृया दिनुहोस्