भारतसँगको सीमा विवाद हल गर्न सरकारले गम्भिर पहल गर्नुपर्छः सयुक्त पार्टी (भिडियोसहित)

प्रतिकात्मक तस्बिर

सयुक्त पार्टीले लिपुलेक, कालापानीलगायत भारतसँगको सीमा विवाद हल गर्नको लागि सरकारले गम्भिर पहल गर्नुपर्ने बताएको छ ।

नेकपा (माले), नेपाली कांग्रेस (वी.पी.) , नेपाल समाजवादी कांग्रेस, जन समाजवादी पार्टी, नेपाल सर्वहारा कम्युनिष्ट पार्टी (माओवादी) र जनताको प्रजातान्त्रीक पार्टी सम्मिलित संयूक्त राष्ट्रिय आन्दोलनले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मुलुकको स्वाधिनता, सार्वभौमिकता र अखण्डताको रक्षाका लागि दृढतापूर्वक उभिई सम्पूर्ण देशवासीको भावना र चाहानालाई पुरा गर्न सबै दलहरुलार्ई साथ लिई तत्काल समस्याको समाधान गर्न सरकारसँग आग्रह गरेका हुन्।

उनीहरुले भारतले जारी गरेको नक्सामा लिम्पियाधुरा, कालापानी र लिपुलेकसम्मको समग्र कालापानी क्षेत्रमा पर्ने नेपालको भू–भागलाई भारतमा गाभी आफूहरुको राष्ट्रिय स्वाधिनता र सार्वभौमिकता माथि ठाडो अतिक्रमण गरेको पनि टिप्पणी गरेका छन् ।

पत्रकार स्म्मेलनमा सी.पी मैनालीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा आउँदा नेपाली भूमी लिपुलेक, कालापानी र लिम्पियाधुराका बारेमा बैठक बस्ने भनेतापनि आजसम्म बैठक बस्न नसकेकोमा गुनासो गगरे । उनले नेपालको ७१ वटा सीमामा अतिक्रमण भएको र ३७१ क्षेत्रफलमा रहेको नेपाली भूमी भारतले कब्जा गरेको दाबी गरे।

त्यस्तै, नेपाली काग्रेस (वी.पी.) का सभापति हरिबोल भट्टराईले देशभक्त र राष्ट्रभक्त एक हुनुपर्नेमा जोड दिए । जनसमाजवादी पार्टीका अध्यक्ष सुवासराज काफ्लेले नेपालमाथि लागेको चोट सम्पूर्ण छोराछोरी मिलेर ठीक पानुपर्ने बताए।

प्रकाशित मिति: : 2019-11-11 17:24:40

प्रतिकृया दिनुहोस्