नुवाकोटको म्यागङ गाउँपालिकाका वडाध्यक्ष पक्राउ

फाइल तस्बिर

नुवाकोटको म्यागङ गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष रामबहादुर तामाङ पक्राउ परेका छन्।

लागुऔषध (चरेस) मुद्धामा फरार तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेका तामाङलाई महानगरीय प्रहरी परिसर टेकु पठाइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक विष्णु फुयाँलले जानकारी दिए।

काठमाडौं जिल्ला अदालतले २०७६ जेठ २७ गते तामाङलाई ३ वर्ष कैद र २५ हजार रुपैयाँ जरिबाना हुने गरी फैसला गरेको थियो ।

तामाङ २०७४ सालमा भएको स्थानीय तहको चुनावमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार भएर विजयी भएका थिए ।

प्रकाशित मिति: : 2019-11-10 15:03:16

प्रतिकृया दिनुहोस्