विवेकशील नेपाली: कास्कीमा शर्मा र बाग्लुङमा भण्डारी उम्मेदवार

Photo Credit : Bibekseel

प्रतिनिधिसभा सदस्यका लागि कास्की २ मा हुने उपनिर्वाचनमा विवेकशील नेपाली दलले जमुना शर्मालाई उम्मेदवार बनाउने भएको छ ।

विवेकशीलले मंगलबार शर्मालाई कास्की २ मा उम्मेदवार बनाउने घोषणा गरेको हो । कास्की बैदाम घर भएकी शर्मा अधिकार क्षेत्रमा क्रियाशील नेतृ हुन् ।

शर्मा कानून, समाजशास्त्र, राजनीतिशास्त्र तथा ग्रामीण विकासमा समेत लागिपरेकी छिन्। यसका साथै एचआईभी पीडित, द्वन्द्व पीडित, मानसिक रुपमा समस्यामा परेका बाल–बालिका तथा महिलाहरुलाई विभिन्न माध्यमबाट सहयोग गर्दै आएकी छिन्।

यस्तै प्रदेशसभा सदस्यका लागि बाग्लुङ क्षेत्र नम्बर २ ‘ख’ मा भने सन्तोष भण्डारीलाई उम्मेदवार बनाएको छ । बुर्तिबाङका युवा उद्यामी भण्डारी विवेकशीलका बाग्लुङ संयोजकसमेत हुन् ।

 

प्रकाशित मिति: : 2019-11-05 16:28:03

प्रतिकृया दिनुहोस्