राष्ट्रहित विपरित भन्दै भारतद्धारा आरसिइपीमा समावेश नहुने निर्णय

Agency

भारतले दक्षिण–पूर्वी तथा पूर्व एशियाका १६ देशबीच स्वतन्त्र व्यापारको व्यवस्था गर्न प्रस्ताव गरिएको क्षेत्रीय समग्र साझेदारी (आरसिइपी) मा सम्झौंता गर्न अस्विकार गरेको छ।

सोमबार थाइल्यान्डको राजधानी बैंककमा बसेको १४ औं पूर्वी एसिया शिखर सम्मेलनको तेस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आरसिइपीमा सम्झौंता गर्न अस्विकार गरे।

रूदै जेल गए महरा (भिडियाेसहित)

उनले यो सम्झौंता राष्ट्रहितमा नभएको भन्दै हस्ताक्षर गर्न नमानेको विदेश सचिव विजय ठाकुर सिंहले बताए।

‘हामीले शिखर बैठकमा सम्झौंतामा हस्ताक्षर नगर्ने आफ्नो निर्णयको जानकारी गराइसकेका छौं। यसको विषयमा सम्पूर्ण अध्ययन पुरा भइसकेपछि मात्र हामी निर्णयमा पुग्ने छौं,’ विदेश सचिव ठाकुरले बताए–‘सम्झौंताको प्रावधान देशका नागरिकको हित विपरित थियो। त्यसैले हामीले आरसिइपीमा समावेश नहुने निर्णय गरेका छौं।’

 

 

प्रकाशित मिति: : 2019-11-04 21:03:19

प्रतिकृया दिनुहोस्