नवाज सरिफकी छोरी ९ करोड धरौटीमा रिहा

Agency

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफको छोरी मरियम नवाजलाई लाहोरको उच्च अदालतले धरौटीमा रिहा गरेको छ। मरियमलाई चौधरी सुगर मिलको भ्रष्टाचार मुद्धामा जेल चलान गरिएको थियो।

महरा जेल चलान

मरियमलाई सोमबार ९ करोड रुपैयाँ धरौटी राख्न अदालतले निर्देशन दिएको थियो। उनले आफ्नो पासपोर्ट पनि सरकारलाई बुझाउनु पर्नेछ। मरियमलाई ८ अगस्टमा गिरफ्तार गरिएको थियो।

मरियम पाकिस्तान मुस्लिम लिग–नवाजकी नेता पनि हुन्। पूर्वप्रधानमन्त्री सरिफ पनि भ्रष्टाचार मुद्धामा हाल पाकिस्तानको जेलमा छन्। 

प्रकाशित मिति: : 2019-11-04 18:34:39

प्रतिकृया दिनुहोस्