जम्मु–कश्मीर टुक्राएकाे चार दिन नबित्दै श्रीनगरमा सुरक्षाकर्मीमाथि ग्रिनेड प्रहार

बिएल

भारत सरकारले जम्मु–कश्मीरलाई छुट्टाछुट्टै राज्यकाे दर्जा दिने निर्णय गरेकाे चार दिन नबित्दै कश्मीरकाे राजधानी श्रीनगरमा सुरक्षाकर्मीमाथि ग्रिनेड प्रहार भएकाे छ। साेमबार केही समयअगाडि श्रीनगरको हरि सिंह स्ट्रिटमा अज्ञात समूहले ग्रिनेड प्रहार गर्दा दर्जनौ घाइते भएको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। घटनामा सामान्य नागरिक र सुरक्षा बल घाइते भएको बताइएको छ।

पछिल्लाे केही दिन जम्मू–कश्मीरको श्रीनगर बजार शान्त थियाे। तर, साेमबार बजारमा ग्रिनेड प्रहार भएपछि फेरि जम्मू–काश्मीर अशान्त बन्ने देखिन्छ। स्थानीय समाचारपत्रका आतंककारीले ग्रिनेड प्रहार गरेका हुन्।

काश्मीरमा सुरक्षा बललाई लक्षित गर्ने काम रोकिएको छैन। घाइतेलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ, जहाँ केहीको अवस्था गम्भीर रहेकोसमेत सञ्चारमाध्यमले बताएका छन्।

प्रकाशित मिति: : 2019-11-04 17:04:11

प्रतिकृया दिनुहोस्