शिव सेना प्रमुख ठाकरेले भने–साहस नगुमाउनुहोस्

बिएल

भारतीय किसानको चिन्ता र दुःखका समाचार देख्नु वा पढ्नु कुनै नौलो कुरा होइन। कडा मिहिनेतका साथ हुर्काएको बालीनाली बर्षाद र खडेरीकै कारण नष्ट हुँदा हजारौं संख्यामा भारतीय किसानले आत्महत्या गर्ने गरेका छन्। महराष्ट्रको मराठवाडामा धेरै बर्षा भएका कारण यसपालि पनि यहाँका किसानले चिन्ता ब्यहोर्नु पर्‍यो। अहिले किसानका बालीनाली र पृथ्वीको माटो छुट्याउनै धौ–धौ छ।

शिव सेनाका कारण तातिएकाे भारतकाे राजनीति

किसानका दुःख सुन्न मुख्यमन्त्रीदेखि मन्त्री र नेताकाे मराठवाडामा लाइनै लागेकाे छ। मुम्बईमा सत्ताको राप चलिरहेको बेला नेतृत्वको दाबेदार मानिएकाे पार्टी शिव सेना पक्षका प्रमुख उद्धव ठाकरेले मराठवाडामा पुगेर किसानसँग भालाकुसारी गरे। ठाकरेले पत्रकारसँग भने– किसान दुःखमा छन्, अवस्था गम्भीर छ र त्यस्तो अवस्थामा सरकार गठनको सपना देख्नु मेरो मात्रै सपना होइन।

उनले यस्तो अवस्थामा किसानलाई सहयोग गर्न शिव सैनिकलाई अनुरोध गरेका छन्। उनले भने– किसानले कष्ट भोग्नु परेको छ। यस्तो समयमा उहाँहरुलाई सहयोग चाहिन्छ। हामी तयार छौं।

निर्मला प्रकरणमा डिएनएको च्याप्टर बन्द, विर्य पुरुषको नभएको प्रतिवेदनकाे ठहर

 

शिव सेना किसानकाे पक्षमा रहेकाे प्रमुख ठाकरेले बताए।

उनले अनुराेध गरे– मलाई थाहा छ, किसानको अवस्था गम्भीर छ। त्यहाँ बाँच्ने र मर्ने सवाल छ। तर आत्महत्या गर्नु समाधान होइन। त्यसैले तपाईहरुले आत्महत्या गर्न हुदैन। सोयाबीन, कपास, मकै, कोदो, धान बाली मौसम विनाशका कारण पूर्ण रूपमा नष्ट छन्। खेतहरू माटोमा परिणत भएका छन्। उद्धवसँग कुराकानी गर्दै किसानले पनि आफ्ना समस्या र चिन्ता दिल खाेलेर सुनाए।

किसानको पीडा सुनेपछि ठाकरे भाबुक हुदै उभिए। उनले किसानको काँधमा हात राख्दै सान्त्वना दिए– साहस नगुमाउनुहोस्, शिव सेना सँधै तपाईंको पक्षमा उभिने छ।

 

प्रकाशित मिति: : 2019-11-04 12:54:31

प्रतिकृया दिनुहोस्