जब राजदुत पुरीले स्वास्थ्यमन्त्रीलाई भने– ‘तपाईको नाम पनि यसमा लेख्नु छ।’

बिएल

नेपालको बिकट पहाडी क्षेत्र दार्चुलाबाट भारत जोड्ने पक्की पुल निमार्णको सम्भाब्यता अध्ययनका लागि भारतीय राजदुत मन्जीत पुरीसँगै नेपाली सेनाको हेलिकोप्टरबाट सदरमुकाम खलंगा पुगेका उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव त्यतिबेला जिल्लीए, जब विद्यालय भवनको उद्घाटन भारतीय राजदुतले गर्दा उनी दर्शक बन्न पुगे।

घटना हो, गत शुक्रबारको। राजदुत पुरीसँगै स्वास्थ्य मन्त्री यादव कार्यक्रमा उपस्थित थिए। उनीहरू नेपालको दार्चुलाबाट भारतको धार्चुला जोड्ने पक्की पुल निर्माणको अध्ययन तथा खलंगामा रहेको महेन्द्र माध्यमिक विद्यालय भवन उद्घाटनका लागि गएका थिए।

राजनीति छोडेर उद्यमी बनेका रामसिङ (भिडियाेसहित)

उपप्रधानमन्त्री यादवलाई कार्यक्रमको मुख्य अतिथी बनाइएको थियो। तर, स्कुल भवनको शिलापत्रमा उपप्रधानमन्त्रीको नाम उल्लेख थिएन। कार्यक्रममा स्थानीय दार्चुलावासीसँग रमाएका राजदुत पुरीले उपेन्द्र यादवलाई हिन्दी भाषामा ढाड्स दिँदै भने–‘आपका नाम भी इसमे लिखना हे। (तपाईको नाम पनि यसमा लेख्नु छ।)’
दार्चुला पत्रकार महासंघका अध्यक्ष शंकर धामीका अनुसार यो रमाइलो संवाद सुन्ने स्थानीय गल्ल हासे।

निर्मला प्रकरणमा डिएनएको च्याप्टर बन्द, विर्य पुरुषको नभएको प्रतिवेदनकाे ठहर

यस्तै स्वास्थ्य मन्त्री यादवको जिल्ला अस्पताल निरीक्षण गर्ने कार्यक्रम तय थियो। तर, उनी अस्पतालको निरीक्षण नगरि फर्किएपछि स्थानीय उनीसँग रुष्ट भएका छन्।

प्रकाशित मिति: : 2019-11-03 18:15:40

प्रतिकृया दिनुहोस्