कतारमा तलब नपाएपछि भोकभोकै नेपाली

कतारको टेक्नो-मेटल कम्पनी कम्पनीमा कार्यरत नेपाली श्रमिकहरू । तस्बिर : नेपाली प्रवासी श्रमिक संघ ।

कतारमा तलव नपाएपछि १० जना नेपाली युवा भोकभोकै रहनुपर्ने अवस्थामा पुगेका छन् ।

यसरी भोकभोकै अवस्थामा पुगेका नेपाली श्रमिकहरू नरेशबहादुर बिक, सिङ्गी तामाङ, रेशम बहादुर पहारी, छबिलाल घले, पृथविक्रम घर्ती,  शेरबहादुर बिक,  राजेन्द्र खड्का, शहदेव यादव, बेगमबहादुर खड्का र धोमबहादुर खड्का रहेको बताइको छ । 

कतारको टेक्नो-मेटल कम्पनी कम्पनीमा कार्यरत उनीहरूले विगत ८ महिनादेखि तलब पाएका छैनन् । कम्पनीले श्रमिकलाई ८ महिनाको अवधिमा पटकपटक गरी ६ सय रियाल मात्र दिएको बताइएको छ ।

भोकभोकै अवस्थामा रहेका नेपाली श्रमिकलाई जिफन्ट सहयोग समुह, कतार र नेपाली प्रवासी श्रमिक संघले केही खाद्यान्न उपलब्ध गराएको जनाइएको छ । 

 

प्रकाशित मिति: : 2019-06-26 04:31:57

प्रतिकृया दिनुहोस्