बंगलादेशी प्रधानमन्त्रीलाई धम्की दिने विपक्षी नेतालाई ३ वर्ष जेल सजाय

Agency

प्रधानमन्त्री शेख हसिनालाई ज्यान मार्ने धम्की दिएका विपक्षी नेशनलिस्ट पार्टी (बिएनपी) का उपाध्यक्ष गियासुद्दिन क्वाडर चौधरीलाई चिटगाउँको एक अदालतले तीन वर्षको जेल सजाय सुनाएको छ।

बिएनपीका उपाध्यक्ष गियासुद्दिनले एक वर्षअघि एउटा कार्यक्रममा प्रधानमन्त्री शेख हसिनालाई ज्यान मार्ने धम्की दिएका थिए।

उनीविरूद्ध जरिवाना स्वरुप थप ५ हजार बंगलादेशी टाकाको सजाय पनि सुनाइएको छ। गत वर्ष २९ मेमा गियासुद्दिनले एक समारोहमा शेख हसिनाको भाग्य आफ्नो बुवा तथा बंगलादेशका संस्थापक शेख मुजिबुर रहमानभन्दा नराम्रो हुने बताएका थिए। सन् १९७५ मा मुजिबुरको हत्या भएको थियो।

प्रकाशित मिति: : 2019-10-31 17:41:43

प्रतिकृया दिनुहोस्