राप्रपा अध्यक्ष थापा स्वदेश फिर्ता

बिएल

आइटिएफ सेनजेन सिनियर्स सर्किट २०१९ प्रतियोगितामा भाग लिन चीन गएका राप्रपा अध्यक्ष कमल थापा स्वदेश फर्किएका छन् ।

टेनिस प्रतियोगिताको दोस्रो खेलमा खुट्टाको पिडौंला र तिघ्रामा समस्या भएसँगै घाइते भएका थापा बिहिबार स्वदेश फिर्ता भएका हुन् ।

थापालाई त्रिभुवन विमानस्थलमा नेता कार्यकर्ताहरुले स्वागत गरेको र उनको अहिले स्वास्थ सामान्य रहेको राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

प्रकाशित मिति: : 2019-10-31 14:43:51

प्रतिकृया दिनुहोस्