भक्तपुर प्रदेशसभामा साझाका २८ वर्षीय प्रधान उम्मेद्वार

बिएल

साझा पार्टीले भक्तपुर क्षेत्र नम्बर १ (क) बाट सुरज प्रधानलाई प्रदेशसभा उम्मेद्वार बनाउने निर्णय गरेको छ ।

साझा पार्टीका प्रवक्ता डा.सुर्यराज आचार्यले बिहिबार एक विज्ञप्ति जारी गर्दै प्रधानलाई प्रदेशसभा उम्मेद्वार बनाउने निर्णय गरेको जानकारी दिएका हुन् ।

पार्टीका जिल्ला संयोजकको रुपमा रहेका २८ वर्षीय प्रधान विगत लामो समयदेखि समाजसेवा र वातावरणमैत्री इँट्टा उत्पादनको व्यवसायी हुन् ।

त्यस्तै सो पार्टीले शनिबार दाङ निर्वाचन क्षेत्र नम्बर ३ (ख) को प्रदेशसभा उम्मेद्वार घोषणा गर्ने विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति: : 2019-10-31 14:07:19

प्रतिकृया दिनुहोस्