मोटरसाइकलमा तत्काल दुई हेलमेट योजना कार्यान्वयन नहुने

तस्बिरः एजेन्सी

काठमाडौं उपत्यकामा दुई पांग्रे सवारीका यात्रुलाई अनिवार्य हेलमेट लगाउनुपर्ने योजना तत्काल कार्यान्वयन नहुने भएको छ।

महानगरीय ट्राफिक महाशाखाले दुई हेलमेट योजना तत्काल कार्यान्वयनमा नआउने भन्दै सम्बन्धित निकायको सल्लाह र सहयोगमा मात्र लागू हुने भन्दै तत्काल कार्यान्वयन नहुने जानकारी गराएको हो।

यसअघि महाशाखाले आइतबार पत्रकार सम्मेलन गरी दुर्घटना न्युनिकरणका लागि मोटरसाइकलमा सवार दुबै जना यात्रुले अनिवार्य हेलमेट लगाउनुपर्ने नियम ल्याउन लागेको जानकारी दिएको थियो।

योसँगै जनमानसमा भ्रम फैलिएको भन्दै महानगरीय ट्राफिक महाशाखा प्रमुख बसन्त पन्ले दुई हेलमेट नियम तत्काल लागू नहुने स्पष्ट पारेका हुन्।

‘यो नियम तत्काल कार्यान्वयन नहुने भई यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी र अन्य सरोकारवाला निकायको बीचको समन्वय र सहकार्य पश्चात कार्यान्वयन हुनेछ,’ पन्तले ब्रेकएन लिङ्ससँग भने,‘ सबै तयारी गरेर मात्र लागू गराउनेछौ।

प्रकाशित मिति: : 2019-05-20 15:15:21

प्रतिकृया दिनुहोस्