क्यालिफोर्नियामा २५६३औं वुद्ध जयन्ती

वुद्धजयन्तीको अवसरमा आयोजित प्रभातफेरिका सहभागीहरू । तस्वीर सौजन्य: ऋषि ढकाल

अमेरिकाको क्यालिफोर्निया राज्यको नरवाकमा रहेको श्रीपशुपतिनाथ तथा वुद्ध मन्दिरमा विभिन्न कार्यक्रममो आयोजना गरी २५६३औं वुद्ध जयन्ती मनाइएको छ। 

स्थानीय नेपाली डायस्पोराको बाक्लो उपस्थिति रहेको कार्यक्रम प्रभातफेरिबाट सुरू भएको थियो।वौद्ध भिक्षुहरूबाट बुद्धको ज्ञान बारे प्रवचन पनि दिइएको कार्यक्रम औपचारिक समाराेहमा परिणत भएर सम्पन्न भएको थियो। कार्यक्रमका वक्ताहरूले बुद्धको जन्मभूमिको रूपमा नेपाल सदैव हामी र हाम्रो भावी पुस्ताको लागि स्मरणमा रहिरहनुपने बताए। उनीहरूले भने हामीले बुद्धको जन्मभूमिका हौं भनेर गर्व गर्न सक्नुपर्छ। 

कार्यक्रममा नानीबाबुहरूले वुद्धमाथि लेखेका सिर्जनाहरू पनि वाचन गरेका थिए। 

कार्यक्रममा स्थानीय अन्य समुदायका प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो। 

क्यालिफोर्नियाका लागि नेपाली अवैतनिक महावाणिज्यदूत ऋषि ढकालको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमको आयोजना अल सो कल नेपालिज अर्गनाइजेसनको सहयोगसाथ श्रीपशुपतिनाथ फाउन्डेसन युएसएले आयोजना गरेको थियो।

 

 

 

प्रकाशित मिति: : 2019-05-20 01:00:26

प्रतिकृया दिनुहोस्