कामी शेर्पाको ‘स्टेप २३’ को सुटिङ हुँदै, मे २२ मा फेरि सगरमाथा चढ्ने तयारी

सगरमाथा आधार शिविर शेर्पालगायत। तस्बिरः बिएल

विश्व कीर्तिमानी आरोही कामीरिता शेर्पाको जीवनमा आधारित चलचित्र निर्माण हुने भएको छ ।

सगरमाथाको २३ औं पटक आरोहण गरी कीर्तिमान बनाएका शेर्पाको जीवनमा आधारित ‘स्टेप २३’ सुटिङ अहिले सगरमाथा आधार शिविरमा भइरहेको छ।

यही  जेठ १ गते (मे १) बुधबार ७.५० बजे २३ औं पटक सगरमाथामाको सफलतापूर्वक आरोहण गरी कीर्तिमान राखेका ४९ वर्षीय शेर्पाको आरोहणसँगै डकुमेन्ट्री फिल्मको सुटिङ पनि भइरहेको छ।

फिल्मका निर्देशक विनोद अधिकारीले मे  २२ तारिखमा फेरि सगरमाथा आरोहण गरी शेर्पाले कीर्तिमानमाथि कीर्तिमान राख्ने योजनामा रहेको जनाए।

सगरमाथा आधार शिविरबाट बीएलसँग कुरा गर्दै अधिकारीले शेर्पाले एकै सिजनको छोटो समयमा फेरि आरोहण गरी अर्को कीर्तिमान राख्न लागेको जनाए।

अहिले शेर्पाको जीवनमा आधारित फिल्मको सुटिङमा आफूहरु ब्यस्त रहेको पनि अधिकारीले बीएललाई भने।

कामीले  सन् १९९४ मा पहिलो पटक सगरमाथाको आरोहण गरेका थिए। त्यसपछि १९९७, १९९८, १९९९, २०००, २००२, २००३, २००४, २००५, २००६, २००७, २००८, २००९ मा सगरमाथा आरोहण गरेका थिए । सन् २०१० र २०१३  को एकै सिजनमा दुई पटक सगरमाथा आरोहण गरेका शेर्पाले सन् २०१२, सन् २०१६ र सन् २०१७ मा २१ औं पटक सगमाथा आरोहण गरेका थिए।

प्रकाशित मिति: : 2019-05-17 13:04:30

प्रतिकृया दिनुहोस्