भाइद्वारा आफ्नै दाजुमाथि गोली प्रहार

तस्बिरः एजेन्सी

पर्सामा भाइद्वारा आफ्नै दाजुमाथि गोली प्रहार भएको छ। सामान्य घरायसी विवाद हुँदा सेरा उदीनले आफ्नै दाजु सेख थारुकमाथि गोली प्रहार गरेका हुन्।

प्रहरीका अनुसार घाइते भएका थारूकलाई उपचारका लागि बीरगन्ज पठाइएको छ।गोली प्रहार गर्ने भाइ सेरा उदीनप्रहरी नियन्त्रणमा छन्।

प्रहरीले उनको साथबाट १ थान कटुवा पेस्तोल बरामद गरेको छ। यस विषयमा थप अनुसन्धान भइरहेको पनि प्रहरीको भनाइ छ।

प्रकाशित मिति: : 2019-05-16 22:38:20

प्रतिकृया दिनुहोस्