डिआइजी पोखरेल प्रहरी प्रवक्ता नियुक्त

बिएल

डिआइजी विश्वराज पोखरेल नेपाल प्रहरीको प्रवक्ता पदमा नियुक्त भएका छन्। ६ महिनादेखि रिक्त रहेको नेपाल प्रहरीको डिआईजी पदमा दुई साताअघि पोखरेलको सिफारिस भएको थियो।

पूर्व प्रवक्ता एसएसपी उत्तमराज सुवेदीको यसै साता काठमाडौं महानगरीय प्रहरी परिसरमा सरुवा भएपछि यो पद रिक्त थियो। सोमबार प्रवक्ताको जिम्मेवारी पाए लगत्तै पोखरेलले ब्रेक एन लिंक्ससँग भने, ‘संगठनले दिएको जिम्मेवारी पुरा गर्न इमान्दारीपूर्वक लाग्छु।’

प्रकाशित मिति: : 2019-05-13 16:05:48

प्रतिकृया दिनुहोस्