एउटै कुकुरले १६ छाउरालाई जन्म दिएपछि!

तस्वीरः एजेन्सी

यदी तपाईलाई कसैले सोध्यो, एउटा कुकुरले कति वटा छाउरालाई जन्म दिन सक्छे?

पक्कै। तपाईको उत्तर हुनेछ, ६ सम्मलाई।

बेलायतमा एउटा अनौठो घटना भएको छ। सेनामा कार्यरत एक व्यक्तिको घरमा एउटा कुकुरले ६ वटा नभई एकै पल्ट १६ छाउरालाई जन्म दिएकी छिन्।

रोटविलर रोक्सी नाम गरेकी महिला कुकुरको गर्वावस्थामा परीक्षण गर्दा ६ वटा मात्र बच्चा देखिएको थियो। तर, छाउरा जन्मिदा १६ पुगेपछि कुकुर मालिक आश्चर्यमा मात्र होइन्, यतिबेला दंग परेका छन्। उनी गर्भवती कुकुर र उसको छाउराको लालन–पालन एकै पल्ट गर्नुपर्दा हैरान पनि छन्।

बेलायती सेनामा आवद्ध ३२ वर्षीय मार्क मार्सल, उनको श्रीमति लोरा र पाँच सन्तानहरू सेनाको ब्यारेकमा बनेको ४ बेडरुमको फ्लाटमा बसोबास गर्दै आइरहेका छन्। लोराले भर्खरै मात्र नवजात शिशुलाई जन्म दिएकी थिइन्। उनीहरूको घरमा कुकुरको १६ नवजात छाउरा थपिदा अहिले समस्या परेको हो।

तरपनि प्रेस्टनमा बसोबास गर्ने मार्सलले छाउराहरूका लागि सैनिक स्टाइलको खाना खाने मेस बनाएका छन्। जसमा उनीहरूको खाना खाने समय निक्यौल गरिएको छ। एउटै समयमा रोक्सी ८ छाउरालाई ४० मिनेटसम्म दुध पिलाउने गर्छिन्। यसपछि उनलाई एक घण्टाको ब्रेक दिने गरिएको छ।

मार्सल र उनको श्रीमति लोरा आमा रोक्सीलाई तनावमुक्त गर्न हरसम्भव उपाय निकाल्ने गर्छिन्। जनावरको डक्टरको सहयोगले छाउराहरूलाई विशेष दुध पिलाउने काम पनि हुनेगर्छ।

छाउराको जन्म गत मार्चमा भएको थियो। छाउराहरू आठ हप्ताको भइसकेका छन्। मार्सलले एउटा कुकुरको नाम बेला राखेका छन्। उनले भने, ‘हामीले सुरुमा गर्भ परीक्षण गर्दा ६ वटा छाउरा मात्र देखेका थियौं। १६ वटा छाउरा एकै पल्ट जन्मिदा म अचम्मित थिए।’

प्रकाशित मिति: : 2019-05-07 16:20:22

प्रतिकृया दिनुहोस्