विश्वकै सबैभन्दा मोटो बच्चा, १० बर्षमा २०० केजी तौल

पाकिस्तानका मोहम्मद अबरार विश्वको सबैभन्दा मोटो बालकको रुपमा दरिन पुगेका छन्। मोटोपनाका कारण उनी अहिले अस्पताल भर्ना छन्। चिकित्सकका अनुसार उनको जीवन रक्षाका लागि पेटको सर्जरी आवश्यक छ।

मोहम्मद अबरार ४ युवा बराबरको खाना एक्लै खान्छन्। अबरारकी आमा जरिना आफ्नो छोराको जन्म सामान्य भएको बताउँछिन्। उनका अनुसार जन्म हुँदा छोराको तौल ३ दशमलव ६ किलोग्राम मात्र थियो।

तर, ६ महिना हुँदा छोराको तौलमा अनावश्यक बृद्धि हुँदै २० केजी पुगेको उनको भनाई छ।

‘यसपछि लगातार तौल बढ्दै गयो। अहिले उसको तौल १० बर्ष पुग्दा २ सय किलो छ,’ आमा जरिनालाई बताइन्।

पाकिस्तानी चिकित्सकको दावी अनुसार अबरार विश्वको सबैभन्दा मोटो बच्चा हुन्। अबरारभन्दा अगाडि इन्डोनेसियाका आर्य परमानाको तौल सर्वाधिक मानिन्थ्यो। अबरारको उमेरमा आर्यको तौल १ सय ९० केजी थियो।

अबरार परिवार उनी २ वर्ष हुँदा २ लिटर दुध एक्लैले पिउने गरेको बताउँछन्। मोटोपनाकै कारण अबरार आफ्नो कपडा आफै पहिरिन सक्दैनन्। उनलाई हिडडुल मात्र होइन, बस्न पनि समस्या पर्नेगर्छ।

प्रकाशित मिति: : 2019-05-06 17:07:26

प्रतिकृया दिनुहोस्