नेपालीमा खुशी हराउँदैछ, संसारकै छैठौ कम खुशी महसुस गर्ने राष्ट्र नेपाल

नेपाल कम सकारात्मक अनुभव गर्ने राष्ट्रहरूको सूचीमा छैठौं स्थानमा परेको छ।

'ग्यालप ग्लोबल इमोशन्स रिपोर्ट' ले हरेक वर्ष गर्ने एक अध्ययनले यस्तो देखाएको हो।

ग्यालपका अनुसन्धानकर्ताहरूले नेपालमा गत वर्ष जून २२ देखि जुलाई २३ सम्म एकहजार मानिसलाई प्रत्यक्ष भेटेर 'के तपाईँ हिजो धेरै नै हाँस्नु वा मुस्कुराउनुभयो' र 'के तपाईँलाई सम्मानजनक व्यवहार गरियो' भन्नेजस्ता प्रश्न प्रश्न सोधिएको थियो। नेपालीमै सोधिएका ती प्रश्नहरूको उत्तरको आधारमा प्रतिवेदन तयार गरिएको बताइएको छ। सहभागीले प्रश्न सोधिकएको एक दिन अगाडिको अनुभवको आधारमा उत्तर दिएका थिए।

नकारात्मक अनुभव बढी हुने राष्ट्र

  • चाड
  • नाइजर
  • सियरा लियोगन
  • इराक
  • इरान
  • नेपाल

यो अध्ययन संसारका एकसय ४० देशका एकलाख ५० हजारभन्दा बढी मानिसहरूमा गरिएको हो। यसले संसारमा नकरात्मकता बढ्दै गएको पाइएको छ।

 

प्रकाशित मिति: : 2019-04-27 23:37:00

प्रतिकृया दिनुहोस्