सैनिक विद्यालयका प्रधानाध्यापकसहित तीनजना बर्खास्त

नेपाली सेनाले रिपुमर्दिनी सैनिक विद्यालयका प्रधानाध्यापकसहित तीन जनालाई बर्खास्त गरेको छ। विद्यार्थी प्रवेश परीक्षमा अनियमितताका लागि जिम्मेवार ठहराउँदै विद्यालयका प्रधानाध्यायपक, शिक्षक र कर्मचारीलाई बर्खास्त गरिको नेपाली सेनाले जानकारी दिएको छ।

उनीहरूमाथि नयाँ शैक्षिक सत्र २०७६ मा कक्षा १ को लागि विद्यार्थी भर्नाको निमित्त सञ्चालन भएको लिखित प्रवेश परीक्षा पास गराउने तरिकाको भूमिका निर्वाह गरेको आरोप लगाइएको छ।परीक्षा प्रणालीको मर्म र भावना विपरित पदीय मर्यादा एवं आचरण समेतलाई ख्याल नगरी प्रवेश परीक्षा उत्तिर्ण गराउने उद्देश्यले गरिएको यस्तो अवाञ्छित गतिविधिबाट शैक्षिक संस्थाको छवि धमिल्याउने काम भएको आरोप पनि उनीहरूमाथि लगाइएको छ। 

प्रकाशित मिति: : 2019-04-23 17:55:45

प्रतिकृया दिनुहोस्