रक्सीले मातेका बेहुला मण्डपमाआएपछि बेहुलीलाद्वारा विवाह गर्न अस्वीकार

भारतको बिहार राज्यस्थित डुमरी छपिया गाउँकी एक बेहुलीले मदिरा सेवन गरेर विवाह मण्डपमा आइपुगेका बेहुलासँग विवाह गर्न अस्वीकार गरेकी छिन्।रिङकी कुमारीको बब्लु कुमारसँग शनिबार विवाह गर्ने गरी तय भएको थियो।

छोरीका बाबु त्रिभुवन साहले भने, ‘बेहुला यति धेरै मदिरा सेवन गर्दा रहेछन् कि आफू कहाँ आइपुगें भन्ने समेत पत्तो हुँदो रहेनछ। विवाह मण्डपमै उनले अभद्र व्यवहार देखाए, त्यसपछि छोरीले बिहे गर्न मानिनन् ।’ नातेदारहरूका अनुसार मण्डपमा पनि बेहुला उभिन सक्ने अवस्थामै थिएनन्।

बिहेका अरू संस्कार पनि उनी ठिकसँग गर्न सकिरहेका थिएनन्। त्यही भएर बेहुली मण्डप छाडेर उठिन्। दुबै परिवारले बिहेका लागि रिङकीलाई राजी गराउने प्रयत्न गरेका थिए तर उनी सहमत भइनन्। त्यस्ता रक्स्याहासँग विवाह कुनै हालतमा नगर्ने भनेर रिङकी अडिग थिइन्।

अन्त्यमा गाउँलेहरूले केटा पक्षले लिएको सबै दाइजो फिर्ता नगरेसम्म केटालाई उसको घर जान दिएका थिएनन्। सबै दाइजो फिर्ता गरेपछि मात्रै उनीहरूलाई डुमरी छपिया गाउँबाट बाहिर जान दिइएको थियो। बिहारमा रक्सी बेचबिखन र सेवन गर्न प्रतिबन्धित छ। सन् २०१६ मा मुख्यमन्त्री नीतीश कुमार सरकारले मदिरामाथि प्रतिबन्ध लगाएका थिए।

हाल बिहार राज्यका मानिस मदिरा सेवन गर्न अधिकांश नेपाल र उत्तर प्रदेश जाने गरेका छन्। बिहारका महिलाले मदिरा प्रतिबन्धबाट घरेलु हिंसा कमी भएको भन्दै उक्त कदमको सार्थन गर्दै आएका छन्। भारतका बिहार र उत्तर प्रदेशका ग्रामीण इलाकामा वर्षेनि अवैध मदिरा सेवनबाट मानिसहरूको मृत्यु समेत हुने गरेको छ।

 

प्रकाशित मिति: : 2019-03-12 02:33:59

प्रतिकृया दिनुहोस्