विश्वकै पाका विवाहित जोडी २०८ पुगे

टोकियो-गिनिज वल्र्ड रिकर्डले हालै मात्र एक जापानी जोडीलाई विश्वकै बढी उमेरको जिवित विवाहित जोडी भएको घोषणा गरेको छ। यो सँगै उनीहरुको विश्वस्तरिय प्रेम कहानी विश्व रिकर्डमा बदलिएको छ।

१०८ वर्षका मासाओ मात्सुमोतो र उनकी १०० वर्षिय दुलही मियाको सोनोडाले १९३७ को अक्टोबर २० मा अर्थात आज भन्दा ८१ वर्ष अगाडि लगन गाठो बाधेका थिए।जुलाई २५ सम्ममा उनीहरुको संयुक्त उमेर २०८ वर्ष २५९ दिन पुगेको थियो।

यो जोडिको पाँचजना छोरीहरु रहेका छन्। उनीहरुको उमेर ७७ देखि ६६ वर्षसम्मको छ। उनीहरुको १३ नाति नातिना रहेका छन् । उनीहरुको २५ औं पनातीको यसै महिना जन्म हुने अपेक्षा गरिएको छ।

हाल उनीहरु विश्वकै पाका उमेरको जोडी भएपनि उनीहरुलाई यो उपाधी लिनका लागि केही समय बाँकीनै रहेको छ।

प्रकाशित मिति: : 2019-02-20 01:10:53

प्रतिकृया दिनुहोस्