विश्वकै जेष्ठ नागरिकको निधन

PHOTO BY: AFP

विश्वकै सबभन्दा जेठा व्यक्तिको आइतबार ११३ वर्षको उमेरमा निधन भएको छ। जापानका नागरिक मसाजो नोनाकाको आइतबार निधन भएको अधिकारीले जानकारी दिएका छन्।

राइट दाजुभाइले पहिलो उडान गराएको दुई वर्षपछि सान् १९०५ मा उनको जन्म भएको थियो । गिनिज वर्ड रेकर्डका अनुसार गत वर्ष स्पेनका नागरिक फ्रान्सीस्को नुनेज ओलिभेराको निधन भएपछि उनी संसारकै सबैभन्दा जेठो व्यक्ति भएका थिए।

‘यस्ता अग्रज व्यक्तिको निधनले हामी निकै दुःखी भएका छौं,’ उनकी नातिनी युकोले भनिन्। उनले १९३१ मा विवाह गरेका थिए।

प्रकाशित मिति: : 2019-01-26 03:05:05

प्रतिकृया दिनुहोस्