सुन तोलामा ४ सय रुपैयाँले बढ्यो

फाइल तस्बिर: बिएल

बिहिबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ। बुधबार छापावाल सुन प्रतितोला ७० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

बिहीबार छापावाल सुन प्रतितोला ७१ हजार २ सय रुपैयाँ मूल्य कायम भएको छ। त्यस्तै बुधबार ७० हजार ५ सय रुपैयाँ प्रतितोला काम भएको तेजावी सुनको मूल्य बिहीबारका लागि ७० हजार ९ सय रुपैयाँ कायम भएको छ।

चाँदीको मूल्य पनि बुधबारको तुलनामा प्रतितोला १० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यसायी महासंघले जनाएको छ।

 चाँदीको मूल्य प्रतितोला ८ सय ४० रुपैयाँ तोकिएको छ। बुधबार नेपाली बजारमा चाँदी प्रतितोला ८ सय ३० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

प्रकाशित मिति: : 2019-12-12 11:52:31

प्रतिकृया दिनुहोस्