बुटवल पावरले २८ प्रतिशत लाभांश दिने

तस्बिरः एजेन्सी

निजी क्षेत्रको विद्युत् उत्पादक कम्पनी बुटवल पावर कम्पनीले आफ्ना शेयरधनीलाई कूल २८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ।

कम्पनीले आर्थिक वर्ष २०७५/७६ को खुद मुनाफाबाट चुक्ता पूँजीको १८ प्रतिशत नगद लाभांश एवं १० प्रतिशत शेयर लाभांश दिने प्रस्ताव गरेको छ। उक्त प्रस्ताव कम्पनीको आगामी २७ औँ वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीलाई वितरण गरिनेछ।

कम्पनीले खिम्ती जलविद्युत् आयोजना, झिमरुक र आँधीखोला जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ। यस्तै अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आव २०७५/७६ को खुद मुनाफासहितको सञ्चितीबाट आफ्ना शेयरधनीलाई सात प्रतिशत शेयर लाभांश तथा कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव गरेको छ।

त्यस्तै विजय लघुवित्त वित्तीय संस्थाले आव २०७५/७६ को मुनाफाबाट २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। कम्पनीका अनुसार १५ प्रतिशत शेयर लाभांश र पाँच प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

त्यसमा शेयर लाभांशतर्फ रु दुई करोड ९२ लाख २१ हजार ५०० र नगद लाभांशतर्फ रु ९७ लाख ४० हजार ५०० वितरण गर्ने प्रस्ताव गरिएको हो। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि वितरण हुने कम्पनीले जनाएको छ।(रासस)

 

प्रकाशित मिति: : 2019-12-09 16:18:55

प्रतिकृया दिनुहोस्