पर्यटन व्यवसायमार्फत मुलुकलाई योगदान दिएका उत्कृष्ट कम्पनीहरु पुरस्कृत

बिएल

सरकारले पर्यटन व्यवसायमार्फत मुलुकलाई योगदान दिएका उत्कृष्ट कम्पनीहरुलाई पुरस्कृत गरेको छ ।

विश्व पर्यटन दिवसको अवसर पारी शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनवहादुर बुढाले पुरस्कार वितरण गरे ।

सबैभन्दा बढी विदेशी मुद्रा आर्जन गरेको ट्राभल एजेन्सीका रुपमा फ्लाइट कनेक्सन डमेस्टिक प्रालिलाई पुरस्कृत गरिएको छ । यस कम्पनीले ९४ लाख ५३ हजार २८३ अमेरिकी डलर एक वर्षमा कमाएको छ ।

यस्तै सबैभन्दा बढी पर्यटक भित्राउने हवाई सेवा कम्पनीका रुपमा कतार एयरवेज पुरस्कृत भएको छ । यस कम्पनीले ३ लाख ९९ हजार ३ सय ३६ जना पर्यटक स्वदेश भित्र्याएको थियो ।

पर्यटन क्षेत्रमा धेरै रोजगारी सिर्जना गर्ने संस्थाको रुपमा सोल्टी होटेल लिमिटेड पुरस्कृत भएको छ । उनले ४०५ जनालाई रोजगारी दिएको छ । यस्तै निजी क्षेत्रबाट पर्यटन गन्तब्यको विकास गरी योगदान पुर्‍याएको भन्दै कालिन्चोक दर्शन प्रालि पुरस्कृत भएको छ ।

पुरस्कृत अन्य संस्था यसप्रकार छन् :-

निजी क्षेत्रबाट अपांगता भएका व्यक्तिलाई सक्षम बनाई रोजगारी दिने संस्था : द बेकर क्याफे प्रालि
सामाजिक उत्तरदायित्व निर्वाह : फिस्टेल लज पोखरा (शतप्रतिशत आम्दानी मुटुरोग तथा अन्य विभिन्न संघसंस्थालाई दिने गरेको)
निजी क्षेत्रको पर्यटन सम्बन्ध व्यवसायमा संलग्न निकाय तथा कम्पनीमध्ये धेरै राजस्व दाखिला गर्ने : बुद्ध एयर (५८ करोड ६७ लाख ५६ हजरा ९ सय ४४ रुपैयाँ, आव २०७५/७६)
सामुदायिक होमस्टे : नाम्जेथुम्की सामुदायिक होमस्टे, धनकुटा
पर्वतारोहण क्षेत्रमा सबैभन्दा धेरै पर्वतारोहण दल ल्याएर धेरै रोयल्टी जम्मा गर्ने : सेभेन समिट ट्रेक्स प्रालि, (२५ दल, २६३ पर्वतारोही, ९ लाख ३० हजार १ सय ९० डलर रोयल्टी)

 

प्रकाशित मिति: : 2019-09-27 13:39:15

प्रतिकृया दिनुहोस्