१० अर्बको लगानीमा सरकारले गर्‍यो फलाम कम्पनी स्थापना

फाइल तस्बिर

सरकारले  ‘धौवादी फलाम खानी कम्पनी लि’  स्थापना गरेको छ। ४५ प्रतिशत निजि क्षेत्र र ५५ प्रतिशत सरकारको शेयर हुने गरी सरकारले सो कम्पनी गठन गरेको हो।

नवरलपरासी जिल्लाको धौवादीबाट संकलित चट्टानको चीनमा परीक्षण गर्दा फलाम खानीको राम्रो संभावना देखिएपछि सरकारले व्यवसायिक उत्पादनको प्रक्रिया अगाडि बढाएको मन्त्रालयका सहसचिव शोभाकान्त पौडेलले जानकारी दिए ।

धौबादीमा फलामको ठूलो भण्डार देखिए पनि त्यो आर्थिक रूपमा सम्भव छ कि छैन भन्ने चाहिँ एकिन भइसकेको  छैन । विस्तृत अध्ययन तथा परीक्षण उत्खननबाट लागतको हिसाब आएपछि आर्थिक दृष्टिले यो खानी कत्तिको लाभदायक छ भन्ने थाहा लाग्ने छ ।

कम्पनी दर्ता गरी फलाम उत्खनन गर्ने प्रस्ताव भदौ ५ गते मन्त्रिपरिषदबाट स्वीकृत भएको थियो। प्रस्ताव अनुरूप १० अर्बको लगानीमा फलाम कम्पनी सञ्चालनमा ल्याइएको छ।

 

प्रकाशित मिति: : 2019-09-25 15:06:39

प्रतिकृया दिनुहोस्