अब ६५ वर्ष उमेर पुगेका व्यक्तिहरु बैंकको सञ्चालक बन्न नपाउने

फाइल तस्बिर

अब ६५ वर्ष उमेर पुगेका व्यक्तिहरु बैंकको सञ्चालक बन्न नपाउने भएका छन्।बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयकमा सञ्चालकको अयोग्यताका विषयमा यो उमेर हदको व्यवस्था गर्न लागेको हो।

सरकारले संसदमा प्रस्तुत गरेको बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनको दफा १८ को उपदफा १ (क)मा यो व्यवस्था थप गर्ने प्रस्ताव गरिएको छ।हाल बैंकको सञ्चालकका लागि २५ वर्ष नपुगेको व्यक्ति अयोग्य हुने व्यवस्था रहे पनि अधिकतम् उमेर हद तोकिएको छैन। यद्यपी साउन २० गते राष्ट्र बैंकले निर्देशनमार्फत ७० वर्ष कटेपछि सञ्चालक बन्न नपाउने व्यवस्था गरेको थियो।

त्यस्तै राष्ट्र बैंक ऐन २०५८ लाई संशोधन गर्न बनेको विधेयकमा गभर्नरसहित उच्च पदस्थ व्यक्तिको पनि उमेर हद तोकिएको छ। अब न्यूनतम ३५ वर्ष पूरा नभएका र ६५ कटेकाहरू गभर्नर, डेपुटी गभर्नर तथा संचालक बन्न अयोग्य हुने छन्। यसअघि अयोग्यतामा उमेर हदको विषय तोकिएको थिएन।

यद्यपी उक्त विधेयक संसदमा छलफल हुने क्रममा छ। संसदबाट विधेयक हुबहु वा संशोधनसहित पारित भएपछि राष्ट्रपतिबाट प्रमाणीकरण हुनेछ। प्रमाणीकरणपछि राजपत्रमा सूचना जारी गरी नयाँ व्यवस्था लागू हुनेछ।

प्रकाशित मिति: : 2019-09-18 11:14:24

प्रतिकृया दिनुहोस्