फेरि बढ्यो सुनको भाउ : तोलाको ७१ हजार तीन सय

बनाउँदैछ सुनको भाउले नयाँ कीर्तिमान । तस्बिर : फाइल तस्बिर

नेपाली सुन चाँदी बजारमा फेरि एकपटक सुनको भाउले अर्को कीर्तिमान बनाएको छ। बुधबार सुनको भाउ तोलाको तीन सय रुपैयाँ बढेर प्रतितोला ७१ हजार ३ सय पुगेपछि यो नयाँ कीर्तिमान बनेको हो ।

यसैगरी तेजाबी सुनको भाउ पनि तोलामा ३ सय रुपैयाँ बढेर प्रतितोला ७१ हजार रुपैयाँ पुगेको छ । 

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजारमा पनि त्यसको प्रभाव परेको बताइएको छ । बुधबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस एक हजार ५ सय अमेरिकी डलर कायम भएको थियो ।

अमेरिका-चीन  व्यापार टकराव, इरान–अमेरिका विवादलगायतका विषयले शेयरको भाउ ओरादो लागेको छ भने सुनको भाउ उकालो लागेको छ ।

यसैबीच नेपाल सुन चाँदी व्यवसायी महासंघले सुनको भाउ बढेसँगै बजारमा किनबेच भने ठप्प भएको बताएको छ । 

प्रकाशित मिति: : 2019-08-21 18:27:51

प्रतिकृया दिनुहोस्