काठमाडौं – उनको घाँटीभन्दा मुनिका अङ्गहरू चल्दैनन्। हात, गोडा वा छाती दुख्छ कि दुख्दैन, त्यो पनि उनलाई पत्तै हुँदैन।
छातीमा सोला हान्दो हो, मुटु चसक्क दुख्दो हो, तर त्यो अनुभूति उनको मस्तिष्कसम्म पुग्दै पुग्दैन। उनको गर्दनमुनिका सबै तन्तुहरू मरिसकेका छन्, जसलाई छिचोल्दै दिमागसम्म पुग्ने सामथ्र्य कुनै दर्दमा छैन।
उनको टाउको चल्छ। सोच्ने शक्ति प्रदान गर्ने इन्द्रीय चल्छ। र, चल्छ सास। यत्तिकै भरमा १० वर्षदेखि बाँच्दै आएका छन्, कृष्ण खड्का।
शरीर नचलेर के भो, उनको दिमाग चल्छ। त्यही दिमागको सदुपयोग गरेर उनी आफूमात्र बाँचिरहेका छैनन्, अरुलाई पनि मद्दत गरिरहेका छन्।
काठमाडौंको जोरपाटीस्थित खगेन्द्र नवजीवन गृहमा रहँदै आएका कृष्ण आफूजस्तै अपाङ्गलाई मद्दत गर्न जहिल्यै अग्रसर हुन्छन्।
कृष्णले पढ्ने मन भएका तीन जना अपाङ्ग किशोरलाई चारपाङ्ग्रे स्कुटरको व्यवस्था गरिदिएका छन्। अन्य १० जनालाई बिजुलीबाट चल्ने मेच उपलब्ध गराएका छन्। उनकै पहलमा खगेन्द्र नवजीवन गृहमा दुई थान सोलार सेट पनि राखिएको छ। उनी अहिले सबैको सुविधाका लागि शौचालय निर्माण गर्ने तयारीमा छन्।
पाल्पाको खस्यौली गाउँपालिकाका ३१ वर्षीय कृष्ण खड्का सधैं यस्ता थिएनन्। उनी सग्लो शरीर लिएर काम गर्न मलेसिया गएका थिए। फर्किदा उनको शरीर हेर्दा मात्रै सग्लै थियो, तर भित्री रुपमा मरिसकेको थियो...
यो पनि पढ्नुस्
पहिलो अन्तर्राष्ट्रिय महिला खेलाडी भन्छिन: चीनमा रातारात कट्टु सिलाइयो