पाकिस्तानबिरुद्ध अस्ट्रेलिया एक इनिङ्समा पाँच रनले विजयी

तस्बिरः एजेन्सी

पाकिस्तानबिरुद्धको पहिलो टेस्टमा अस्ट्रेलिया एक इनिङ र पाँच रनले विजयी भएको छ।

ब्रिसबेनमा खेलिएको टेस्टमा दोस्रो इनिङमा पाकिस्तान ३ सय ३५ रनमा अलाउट हुन पुगेको थियो।

यसअघि, पाकिस्तान पहिलो इनिङमा २ सय ४० रनमा समेटिएको थियो भने अस्ट्रेलियाले आफ्नो पहिलो इनिङमा ५ सय ८० रनको विशाल योगफल बनाएको थियो।

दोस्रो इनिङमा बाबर आजमले शतकीय इनिङ खेल्दै १ सय ४ रन बनाए। खेलमा मोहमद रिजवानले ९५ र यासिर शाह र सान महसुदले समान ४२ रनको योगदान दिए ।

अस्ट्रेलियाका लागि जोस हेजलवुडले चार विकेट लिए भने मिचेल स्टार्कले ३ विकेट लिए।

अस्ट्रेलियाका लागि पहिलो इनिङमा १ सय ८५ रनको योगदान दिएका मार्नस लाम्बुसान प्लेयर अफ द म्याच चुनिए।

जीतसँगै अस्ट्रेलियाले २ खेलको शृङ्खलामा १–० को अग्रता लिएको छ।

प्रकाशित मिति: : 2019-11-24 12:40:35

प्रतिकृया दिनुहोस्