भारतीय कप्तान विराट कोहलीले ‘पिंक बल’ मा खेलिएको पहिलो टेस्टमा सतक बनाउने कीर्तिमान रचेका छन्। बंगलादेशविरूद्ध इडेन गार्डेनमा भइरहको ‘डे–नाइट’ टेस्टमा उनले १ सय ५९ बलमा १२ चौकाको सहयोगले सतक बनाए। अन्तर्राष्ट्रिय क्रिकेटमा उनको यो ७० औं सतक हो र कप्तानको भूमिकामा उनले २० औं सतक पुरा गरेर अस्ट्रेलियाका महान कप्तान रिकी पोन्टिङलाई पछाडि छोडेका छन्।
पोन्टिङले कप्तानको भूमिकामा १९ टेस्ट सतक बनाएका थिए। उनी अब दक्षिण अफ्रिकाका कप्तान ग्रीम स्मिथभन्दा ५ सतकले पछाडि छन्। स्मिथले २५ सतक बनाएका छन्।
बैकुण्ठले ५ सय रुपैयाँमा जितेको पहिलो स्वर्ण!
कोहलीको टेस्टमा यो २७ औं सतक हो। उनले एकदिवसीयमा ४३ सतक बनाएका छन्। टि–२० मा उनले सतक बनाउन सकेका छैनन्। उनले कप्तानको भूमिकामा ४१ अन्तर्राष्ट्रिय सतक बनाउने पोन्टिङको कीर्तिमानलाई पनि बराबरी गरेका छन्। उनले टेस्टको १ सय ४१ इनिङमा २७ सतक बनाउने सचिन तेन्दुलकरको कीर्तिमान पनि बराबरी गरेका छन्। उनले १ सय ३६ रन बनाए।