एसी मिलानका युवा मिडफिल्डर लुकास प्याकुएटालाई १० नम्बरको जर्सी दिइएकोमा ब्राजिलका पूर्व खेलाडी रिभाल्डोले आपत्ति जनाएका छन्।
अर्जेन्टिनाविरुद्धको खेलमा नेयमार घाइते हुँदै टोलीबाहिर रहेको समयमा ब्राजिलको सिनियर टोलीका लागि मात्र १० खेलेका प्याकुएटालाई १० नम्बरको जर्सी लगाउन दिइएको थियो ।
प्याकुएटाको क्षमताप्रति आफूलाई कुनै शंका नरहे पनि १० नम्बरको जर्सी लगाउन पहिले एक तहको सम्मान हासिल गर्नुपर्ने उनको तर्क थियो। रिभाल्डोले युवा र अनुभवविहीन खेलाडीलाई यति चाडो उक्त जर्सी लगाउन दिन नहुने बताए।