थाईल्याण्डकी पोर्नतिप अन्तिम चारमा

बिएल

थाईल्याण्डकी पोर्न बुरानाप्रसेर्तुक योनेक्स सनराईज नेपाल अन्तर्राष्ट्रिय च्यालेञ्ज २०१९ को महिला एकलमा अन्तिम चारमा स्थान बनाउन सफल भएकी छिन्। प्रतियोगितामा पहिलो बरियता प्राप्त पोर्नले शुक्रबार सम्पन्न क्वाटरफाईनल खेलमा पाचौं बरियता प्राप्त अष्ट्रेलियाकी श्वान यु वेन्डी चेनलाई २१–११, २१–११ को समान अन्तरमा पराजित गर्दै अन्तिम चारमा स्थान बनाएकी हुन्। 

यस्तै अव उनले जापानकी रिको गुन्जीसँग फाईनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछिन्। गुन्जीले प्रतियोगितामा आठौं स्थान प्राप्त भारतकी तन्भी लाडलाई २१–१९, २१–१६ ले पराजित गरिन्। यसैगरि अन्तिम चार प्रवेश गर्ने अन्य खेलाडीहरुमा जापानकी अकारी नाकासिजु र कोरियाकी गा युन पार्क रहे। अकारीले भारतकी प्रतियोगितामा तेश्रो स्थान प्राप्त गरेकी भारतकी मुग्धा आग्रेलाई २१–१४, २०–२२ र २१–१५ ले तथा पार्कले कोरियाकै सियोङ्ग मिन किमलाई २१–१९, २१–१९को समान अन्तरले पराजित गरे।

महिला युगल तर्फ अष्टे«लियाका सेत्याना मापसा र ग्रोन्या सोमरभिल्लेको जोडी भारतका कुहु गर्ग र अनुष्का पारिखलाई २१–११, २१–१० ले तथा भारतका के. मनिषा र रुतपर्ना पान्डाको जोडीले कोरियाका किम मिन जी र गा युन पार्कको जोडीलाई २१–२३, २१–१०, २१–१७ ले पराजित गर्दै अन्तिम चारमा भिडन्त पक्का गरे।
यस्तै थाईल्याण्डका चासिनी कोरेपाप र क्वान्छानोक सुद्जाईप्रपरतको जोडी तथा

रुईथाचोनोक लाईसुवान र सुपामार्त मिङ्गचुवाको जोडीले पनि अन्तिम चारमा स्थान बनाए । दोश्रो स्थान प्राप्त चासिनी र कोरेपापको जोडीले भारतका अपर्ना बलान र त्रिसा जोलीको जोडीलाइृ २१–१३, २१–१७ ले तथा लाईसुवान र मिङ्गचुवाको जोडीले बंगलादेशका अक्तर सल्पा र अलिना सुल्तानका्े जोडीलाई २१–१४, २०–२२ र २१–१५ ले पन्छाउँदै सेमीमा स्थान बनाएका हुन् ।

पुरुष युगल तर्फ भारतका एमआर अर्जून र ध्रुव कपिलाको जोडी अष्ट्रेलियाका सिमोन विङ्ग हाङ्ग ल्युङ्ग र मिचेल ह्विलरको जोडीलाई २१–५, २१–१६ ले पछि पार्दै अन्तिम चारमा पुगे। यस्तै कोरियाका ना सुङ्ग सिउङ्ग र वाङ्ग छानकाको जोडीले थाईल्याण्डका चालोएम्पोन चारओएन्कीतामोर्न र कित्तिसाक नामदासको जोडीलाई २१–१८, १७–२१, २१–१७ले, भारतका आत्री मनु र रेड्डी बि. सुमेथको जोडीले जापानका सोतारो ईनामित्सु र रिकी ताकेईको जोडीलाई २१–१२, २१–१५ ले तथा कोरियाका किम दुक्योङ्ग र किम सा राङ्गको जोडीले थाईल्याण्डका रुत्तनपाक आउपथोङ्ग र नान्थाकार्न योर्दफाईसोङ्गको जोडीलाई २१–१०, २२–२० को अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएका छन् ।

 

प्रकाशित मिति: : 2019-11-15 18:51:10

प्रतिकृया दिनुहोस्