क्यामरुनको चिसो सम्झदा, मन शितल हुन्छ।
बाटाको घुम्तिहरु सम्झिदा, अझै रिगटा चल्छ।
अनि मनोमोहक दृष्य सम्झिदा,मन भत्भति पोल्छ
पर्यटकको घुईचो देख्दा उदेक लाग्छ
अलिकति मिल्ने भए उठाँएर ल्याऊ जस्तो
काटाकुटी नियालेर हेर्ने हो भने नेपाल जस्तो
नेपालको पनि दोलखाको सयथुम्का शैलुङ्ग जस्तो।
थुम्का नभएर मात्र क्यामरुन नाम भएको होला।।
टिरिङ्ग टिरिङ्ग अर्लामले झसंग पार्छ।
उहि सदा उठ्ने समय ठिक पाँच बजे। विहानीको मिरमिरे हुदैछ। शितल सररर हावाँ चलेको छ। हुस्सुको च्यादरले आकाशलाई उघार्दै छ। यहाँको मौमस नै यस्तै छ एकै छिनमा पानी एक छिनमा घाम।
यहि मौकामा एक झप्को निदाई हालौं जस्तो।तर आज निन्द्राले आधा घण्टा अगाडि देखि छाडिसकेको छ।
अरु बेला पाँच बजे दोश्रो अर्लाम (अर्लाम पाँच मिनेटको फरकमा लगाउने बानी छ) पनि मारेर सुतुम झैँ हुन्थ्यो आज विशेष छ यो समयमा डिउटी जान उठेका हैनौं। यो विशेष दिनलाई पनि वानकी नमिलाई सिधा भन्छु।हामी लामो यात्राको तयारीमा छौं।
यात्रा समयको तडगभडग देख्दा ति निन्द्रा देवि चकित पर्दि हुन।अरु बेला मुख खालखुल पखालेर डिउटी हिड्ने केटाहरु! बाफरे!पुरै नुवाईधुवाई! ताजुक लाग्दो हो।
वाहिर झ्यालबाट चियाउँदा अझै आकाशमा तारा देखिन्छ।हैन छिट्टै उठियो कि क्याँ हो। घडि हेर्छु समय ठिक छ।सायद अरु समयमा विहानी पख डिउटीको पिर सकिनसकी उठ्न पर्ने।झिंजो लागेर झ्यालबाट नहेरेर हुनसक्छ।
पुरै शहर सुनसान छ। यति बेला विशेष पर्व ठाउँअनुसार फरक नाम होला मुस्लिमहरुको महान पर्व (ईद) हरिराय चलिरहेको छ।
झलमल्ल शहर अझै चम्किएको छ।यो शहर कहिल्यै निदाउदैन। मानिसहरु सिफ्ट टु सिफ्ट काम गर्छ। कोहि रातमा निदाउछन कोहि दिनमा तर यो शहर सधै जागिरहन्छ। तसर्थ यहाँका कम्पनीहरु चौविस घण्टा निरन्तर चलिरहेको हुन्छ अपवाद कुनै ठूला चार्डपर्व बाहेक।
जब शहर जागिरहन्छ त्यहाँको विकासको कायपलट हामीले सोचेभन्दा कयन गुणा अगाडि हुन्छ। रोजगारीको लागि नागरिकले चिन्ता गर्नु पर्दैन।छानि छानि योग्यता अनुसारको काम पाईन्छ।
रोजगारीहरु प्रशस्त छन। बरु काम गर्ने नागरिक स्थानीय कामदारहरु चाँहि अलि अल्छि हुदा रहेछन्। तिनिहरुको कम्पनी परिवर्तन गर्ने ठेगान हुन्न। यधपी सबै अल्छि हुदैनन् बिसौं वर्ष एउटा कम्पनीमा टिकिरहने ब्यक्ति पनि छन। खैर! हामी यात्राको कुरामा छौं।
हाम्रो यात्रा मलका शहर सुरु हुदै क्यामरुन हाईल्याण्ड पछि पुनह!जहाँ बाट सुरु त्यहि अन्त।पुर्वानुमान गरियो समयले साथ नदिए बसाई उतै हुनेछ।
हाईल्याण्डस् भन्ने वितिकै नेपालका अग्ला अग्ला पहाड सम्झिए पुग्छ। तैपनि सबैको मुखमा झुण्डिएको छ। विदामा कहाँ घुम्न जाने भन्दा प्रतिउत्तरमा सबैले हाईल्याण्डस् नाम उच्चारण गर्छन।
यस अगाडि गेन्टिङ हाईल्याण्डको चिसो पनि खेपिसकेका छौं।पहिलो पटक हाईल्याण्डको यात्रामा जादाँ चिसो सँग सामना गर्न कठिन परेको थियो। १ हजार ८ सय ६५ मिटर उचाइको गेन्टिङ हाइल्यान्डमा केबलकारबाट चढ्दै गर्दा उखरमाउलो गर्मीलाई जितेको महसुस हुन्थ्यो। तर, कारबाट उत्रिएपछि भने चिसोले हातखुट्टा त्यसै कठ्यांग्रिएको चिसोले टाउको दुखेर पट्ट फुट्ला झै भएको याद अझै ताजा छ।
गेन्टिङ हाईल्याण्डको चौगुणा जाडो हुने ठाउँ क्यामरुन हाईल्याण्डस् हो।क्यामरून हाइल्यान्डहरू मलेशियाको सबैभन्दा ठूलो पहाडी स्टेशनहरूमध्ये एक हो।समुद्री सतह देखि २६०० मिटर भन्दा बढि उचाईमा अवस्थित छ। क्यामरुनमा यो भन्दा अग्ला अग्ला हाईल्याण्ड पनि छन हामी "ब" स्टेट भ्यू पोईन्टमा छौं।
हामीले सुनेका थियौं असाध्यै चिसो हुन्छ। सहि प्रमाणित भयो।विशेषत मलेसियाका विशेष घुम्न लायक ठाउँ मध्य अधिकांश ठाउँ घुमिसकेका छौं। गेन्टिङ हाईल्याण्ड, बातुकेभ प्रोडिक्सन( पिडि) केएलसिसिी, साजिल झरणा लगायत क्यामरुन हाईल्याण्ड सधै सुनिने नाम हो।छन त अन्य धेरै पर्यटकस्थल घुम्नलायक ठाउँहरु छन।
मलका शहरको सेन्टर, ओसियन पार्क एरियामा रहेको म्युजियम, मेट्रोरेल पनि महत्वपुर्ण पर्यटकिय स्थानको रुपमा लिईन्छ। तर नजिकको तिर्थ हेला भनेझै यो हाम्रो जुठ्याँनमा भए जस्तो भएर त्यति मतलब लाग्दैन।
तर आज भने यि शहरहरु छिचोल्दै हामी बस्ने मलका शहर भन्दा निकै टाढाको यात्रामा छौं।
सम्भवत:सिङ्गापुर पछिको लामो यात्रा यहि हुनेछ।झण्डै मलका शहरबाट अराउण्ड चार पाँच सय किलोमिटर दुरिमा पर्छ।नक्साले देखाए अनुसार ड्राईभरले भने अनुसार त्यो नक्साले देखाए भन्दा अझै माथी चढ्नुपर्छ।
ड्राईभर हाम्रो सहकर्मि मित्र पनि हो। हामीले उसलाई खुसि हुने गरि ब्यवस्था गरेका छौं।मोबाईलमा क्यामरुन वेए को बाटो निकाली एक्सिलेटर दवाउने वितिकै निशान ब्राण्डको फ्यामेली कार अगाडि बढ्यो।
आहाँ!बिहानीको यात्रा सुनसान रोडहरु गाडीको डिम लाईट मिटरमा आँखा पुग्छ।मिटर घुमेर १५० प्रतिघण्टा स्पिडमा छ। स्पिड तोकिए बमोजीम एक्सिलेटर दवाउनु पर्छ। जति मन लाग्यो त्यति दवाउन पाईदैन। ठाउँ ठाउँमा स्पिड ब्रोकर अनि स्पिड क्यामराहरु राखिएका हुन्छन।
जसले मापदण्ड विपरित गाली चलायो स्पिड क्यामरा आएर क्लिक गर्छ। अनि जसले गल्ति गर्यो उसले फाईन तिर्छ।चालकहरु सजग छन। ड्राईभरले भन्दै थियो हाईड क्यामराहरु हुन्छन। त्यसैले यहाँ नियम मिच्न सबै डराउँ छन।सिस्टममा चलेको देश यसलाई भन्छन्।
म अगाडि सिटमा बसेर दृष्य नियालीरहेछु। लोभलाग्दो शरह शहरका सफा बाटो। सिर्फ एक्सिफेटर दबाए पुग्छ निर्धक्क। अगाडि बेल्ट लगाउन उसले मलाई सम्झाउँछ। चालकले नियम पालना गरे पछि यात्रुले नमान्ने कुरै हुन्न।
देश समृद्ध बन्नमा शासकको मात्र हात हुन्न आम नागरिकको पनि उत्तिकै हात हुन्छ।
यति बेला मलाई महशुस भएको कुरा नेतृत्वले सही नियम बनाउने र कार्यान्वय गर्ने पक्षले ईमान्दारिताका साथ कार्यन्वयन गरे हर कुरा सम्भव छ।
यी शहरहरुमा दिनमा लाखौं करोडौं गाडीहरु कुदछन्। तर पनि सडक अस्तब्यस्त हुन्न। यहाँ नियम मात्र बनेका छैनन्।पुर्ण कार्यन्वयन भएका छन्।
चिल्ला सडक छिचोल्दै निरन्तर अगाडि बढिरहेका छौं।सधै शहरका सिधा बाटोमा यात्रा गर्ने हामीलाई उकाली ओरालीको यात्रा अझ भनु पहाडको यात्रा गर्दा आफ्नै गाउँ घर सम्झना आउँछ। अहिले भर्खर पनि आयो।
विस्तारै हामी उकालो बाटोहरु चढ्दै छौं। हाईल्याण्डको यो हाम्रो दोश्रो यात्रा हो।
सडकको दुई किनारामा बलेको बत्ति सडकको विचमा फुलहरुले हाम्रा यात्रालाई अझ थप रोमाञ्चित गरिरहेको भान हुन्थ्यो। सडकमा लगाएको एरियल पेन्टिङ ट्राफिक लाईटको सिङ्गल धपक्क बलेको देखिन्छ। झलक्क हेर्दा तिरिमिरी रमझम दिपावली जस्तै झिलिमिली यहाँ सधै यस्तै रहन्छ। विहानीको यो लोभ लाग्दो दृष्यले मन हर्रर बनायो।
मिरमिरे अब विहानीमा ढल्दै गयो। विस्तारै त्यो दृष्य देखिन छाड्यो। गाडीका हेडलाईटहरु बन्द भए।आकाश खुलेको देखियो।पर-परका दृष्यहरु, गगनचुमी भवनहरु छर्लङ्ग देखियो।
हामीले विस्तारै यो शहर छाड्दै अगाडि बढ्यौं।
दृष्य धमिल देखियो। यहाँको मौसम यस्तै छ।एकै छिनमा बादलले पुरै शहर छोप्छ एकै छिनमा छ्याङ्ग पार्छ।
यात्रा रफ्तारमा अगाडि बढिरहेको छ। चाहिएको स्पिड अनुसार लेन सजिलै परिवर्तन गर्छ सकिन्छ। यात्रा यस्तै हो।कति सवारीले छाडेर जान्छन। कतिलाई छाडिन्छ।
विभिन्न रमणिय दृष्य नियाल्दै ठाउँ ठाउँमा कफिको स्वाद लिदै यात्रा निरन्तर गन्तव्य तिर बढिरह्यो।
जिवनमा यति धेरै घुम्तिहरु भएको बाटो कहिल्यै यात्रा गरेको थिएन।बाफरे बाफ!कति हो घुम्ति पनि!सम्झिदा पनि रिगटा चल्ने फनफनि घुमाउने।
मैले दोलखा घर जादा खाडीचौर कटेपछि उकालो चड्दा मुडेको २५/३० वटा घुम्तिहरु! गिन्ति गरेको थिए। अनि सधै यात्रा गर्ने खुर्कोटको बाटाहरु याद गरे।
त्यो त केहि छिनमा सकिने घुम्तिहरु थिए।तर क्यामरुनको घुम्ति! गिन्ति गरेर साध्य हुन्थेन। कयन घुम्तिको बाटो यात्रा गरेपछि लखतरन परेर हामी क्यामरुन पुग्यौं।
शहर भन्दा धेरै परको क्षितिजमा रहेको यो हाईलेन्ड आउन धेरैले सोच्छन मात्र पुरा हुदैन। तर मलाई जुन कुरा असम्भव भन्छन। त्यसैलाई सम्भव बनाउन मन पर्छ।
टाढा छ जान सकिदैन भन्ने साथीहरुको लागि यो आईपुगेको उदाहरण काफि छ।हुन त केएलसिसी (पेट्रोनाश) टावर चढ्न दिदैन माथी जान पाईदैन भन्थे। तर आफ्नो देशको धराहर चढ्ने धोको थियो। भुकम्पले तहसनहस पारे पछि धराहराको सम्झनामा केएसिसी पेट्रोनाश टावर चढेको थियौं। साथीहरु त्यसमा पनि फेल भए।हामी सफल भयौं।
त्यहि हुदैन असम्भव भन्ने विषयको निरन्तरता दिदै हामी क्यामरुन हाईलेन्ड आई पुग्यौं।
जब क्यामरुन आई पुग्यौं मन प्रफुल्ल भयो। थकान त्यसै दृष्यहरु देख्ने वितिकै कता भाग्यो।
भ्यू टावर जहाँ बाट क्यामरुनको सबै दृष्यहरु सजिलै देखिन्छ।हाम्रो गाडी भ्यू टावर भन्दा सिधा ७०० मिटर जति तल पार्किङमा थियो।
सिधै टोपी खस्ने उकालो हामीलाई त्यो दृष्य कैद गर्न हतार थियो तछाडमछाड उकालोमा स्वाँ स्वाँ गर्दै हामी हिड्यौं। अलि पर पुगेपछि बाटो तेर्सो रहेछ बाटो यो गलत आएछौं भ्यू टावर देखिरहेको छ बाटो भेटिएन।
एक जना अगाडि बाट आएको चिया बगानमा काम गर्न जुम्लाको मोहन दाई सँग भेट भयो। अङग्रेजीमा सोध्यौं भेतनाम जस्तो देखिन्थे दाई।
उसले नेपालीमा जवाफ दिए। ए नेपाली पो हो?
घर ठेगान नाम सबै सटिकमा सोध्यौं।
भ्यू टावर जाने बाटो कता बाट? तपाई हरु वर आईपुग्नु भयो अलिपर बाट उकालो लाग्ने हिड्नुस म देखाईदिन्छु।
केहि छिन गफ भयो काम कस्तो छ चियाबगानमा काम गर्ने नेपालीको कमाई कस्तो छ? लगाएत केहि जिज्ञाशा राख्यौं?
तलब त मलेसियाको ११०० हो बाँकी ओभर टाईम फ्याक्टीमा काम गर्नेको हुन्छ।बाहिर काम गर्नेको चिया कति टिपेको छ केजिको आधारमा कमिसन दिन्छ औँषत २५ सय देखि ३० हजार रिङ्गेट सम्म कमाई हुन्छ।
तर काम चाँहि घाम पानी भन्न पाईदैन।पानी परे पनि पानीमा रुझेर काम गर्न पर्छ। घाम लागेपनि घामसँग जुधेर काम गर्नु पर्छ।विरामी नभए सम्म विकल्प छैन। फ्याक्ट्रीमा काम गर्ने भन्दा फिल्डमा काम गर्नेलाई सुविधा छ कमाई पनि छ। भित्र तलब र ओभर टाईम मात्र हुन्छ।
चियाबगानमा काम गर्दा विरामी परे सबै मालिकले ब्यहोर्छ। तर हामी भित्र काम गर्नेलाई गाह्रो छ।यो बाहिर फिल्डको लाई मात्र सुविधा हो।दाई हतारोमा हुनुहुन्थ्यो हामीलाई केहि बताएर उहाँ डिउटी तिर लाग्नु भो।
हामी भ्यू टावरतिर लम्कियौं।आँहा कति रमणिय दृष्य! देखे जस्तो कहाँ ब्यक्त गर्न सकिन्छ र! क्यामरुन विशेष त चियाँ त्यसपछि फलफुल तरकारीको लागि उपयुक्त ठाउँ हो।
पहाड नै पहाछ छ। भिर छ तैपनि कहि खाली ठाउँ छैन। जताततै तरकारी फलफुल सागपात छर्लङ्ग देखिन्छ। हाम्रा तराईको खेतहरु बाझैँ छाडिन्छ क्यामरुनमा कुनै भिर त्यस्तो देखिएन जहाँ केहि न केहि फलफुल तरकारी नभएको होस्।
चिया बगानमा मात्र कतिलाई रोजगारी दिएको छ एकिन छैन। तरकारी बारीमा कति होला पहाडै पहाड जता फर्के पनि आम्दानी वाह!
समृद्धि कुनै एक क्षेत्रबाट मात्र सम्भव नहुने रहेछ। पहाडमा जमिन खाली नहुने गरि तरकारी फलफुल शहरमा अन्तराष्टिय स्थरका फ्याक्ट्रीहरु।
यो सब दृष्य देखेपछि कृषिमा पनि बुद्दि पुर्याएर गर्ने हो भने देशमा आम्दानीको मुल फुट्ने रहेछ भन्ने लाग्यो।सबै भन्दा महत्वपुर्ण कुरा क्यामरुनका नेपाली स्वदेश फर्काई तरकारी फलफुल क्षेत्रमा स्थान दिने हो भने पनि कायपलट हुने रहेछ।
सुन्नमा आए अनुसार सबै भन्दा काम बढि गर्ने मेहनति नेपालीहरु त्यहि छन।
उत्पादन क्षेत्रको मनग्य आम्दानी त छदै छ।पर्यटकहरुको घुईँचो देख्दा हामी दंग पर्यौं।
हुन त म ईलाम गएको छुईन।तस्विरमा हेरेको ईलाम भन्दा क्यामरुन फरक देखिन।ईलाम चियाँले प्रख्यात छ तर क्यामरुन चियाँ सँग सँगै कृषि तरकारी र प्राकृतिक रुपमा उच्च पहाडी भेग भएकोले पर्यटकिय स्थानको रुपमा प्रख्यात छ।
मलेसिया आईसकेपछि क्यामरुन नपुग्नु भनेको कुनै नेपाली परिकारको खानामा सबै मरमसला हाल्नु मगमग बास्नाँ आउने बास्नाँदार बनाउनु तर नुनु हाल्न विर्सनु जस्तै हो। जति सुकै मर-मसला हाले पनि नुन भएन भने खल्लो हुन्छ।
दैनिक पानी पर्ने चिसो हावाको स्पर्स गर्न पाईने शहरबाट सबै भन्दा टाडा रहेको स्वर्गको क्यानभास जस्तो क्यामरुन हाईल्याण्ड जो कसैले सहजै देख्न पाउदैनन्।देख्नेले कहिल्यै विर्सदैनन्।