पिएसजीमा नेइमार र एम्बापेको जादु चल्यो, क्लब सर्वाधिक कमाईं गर्न सफल

Agency

फ्रान्सको पेरिस सेन्ट जर्मेन (पिएसजी) यो सिजन सर्वाधिक कमाईं गर्ने क्लब बन्न पुगेको छ। क्लबले ६३ करोड ७८ लाख युरो अर्थात लगभग ८० अर्ब रुपैयाँ कमाईं गरेको छ।

पिएसजीले बुधबार यसको जानकारी दिँदै गत वर्षको तुलनामा क्लबले १७ दशमलव ७ प्रतिशतले बढी कमाईं गरेको बताएको छ। गत वर्ष क्लबले ५४ करोड १७ लाख युरो आम्दानी गरेको थियो।

लिपुलेकमा पहिलो सर्वे गर्ने श्रीदेव शर्मा भन्छन्– नेपाल एकीकरण भन्दाअघिको नक्सा चिनियाँसँग सुरक्षित छ (भिडियाे सहित)

पिएसजीमा हाल ब्राजिलका सुपरस्टार नेइमार र फ्रान्सका केलियान एम्बापेजस्ता खेलाडी समावेश छन्। पिएसजीले २०१७ मा ४० करोड युरो खर्चेर नेइमार र एम्बापेलाई क्लबमा भित्र्याएको थियो।

पछिल्लो वर्ष बार्सिलोना र रियल म्याड्रिड शीर्ष स्थानमा थिए। यी दुबै क्लबलाई यसपालि पिएसजीले उछिनेको हो।

प्रकाशित मिति: : 2019-11-07 21:42:29

प्रतिकृया दिनुहोस्