खेल मिलेमतो काण्डमा भारतमा थप दुई क्रिकेटर पक्राउ

भारतमा खेल मिलेमतोको आरोपमा फेरि दुई जना क्रिकेट खेलाडी पक्राउ परेका छन्। बिहीबार क्राइम ब्रान्चले कर्नाटक प्रिमियर लिगमा खेल मिलेमतो गरेको आरोपमा दुई घरेलु खेलाडीलाई गिरफ्तार गर्यो।

पक्राउ परेका खेलाडीमा बेल्लारी टस्कर्स टिमका कप्तान सिएम गौतम र विकटकिपर अबरार काजी रहेका छन्।

कर्नाटक प्रिमियर लिगमा अहिलेसम्म ६ खेलाडी खेल मिलेमतोको आरोपमा पक्राउ परिसकेका छन्।

यसपालिको रणजी सिजनका लागि गौतम गोवा र अबरार मिजोरमको टिममा समावेश थिए। गौतम अझ रोयल च्यालेन्जर बेग्लोर, मुम्बई इन्डियन्स र दिल्ली डेयरडेभिल्सबाट आइपिएल खेलिसकेका खेलाडी हुन्।

 

प्रकाशित मिति: : 2019-11-07 19:26:26

प्रतिकृया दिनुहोस्