नेपालविरूद्ध एमसीसी बलियो स्थितिमा

बिएल

नेपालविरुद्धको तीन दिवसीय (प्रथम श्रेणी) क्रिकेटको पहिलो दिन मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले विशाल योगफल बनाएका छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको एमसीसीले बिहिबार ८६ ओभरमा ६ विकेट गुमाउँदै ३ सय ११ रन बनाएको छ।

खराब प्रकाशको कारण खेल सकिन ९ ओभर बाँकि रहँदै एमसीसीले विशाल योगफल तयार पारेको हो।
एमसीसीको उच्च योगफलमा तीन खेलाडीले अर्धशतक पुरा गरे।

एमसीसीका लागि विल रोड्सले ७३ रन बनाउँदा विल भान्डेर्सपारले ५३ रन बनाउनुका साथै मिल्स हाम्मोन्डले ५२ रनको अर्धशतकीय इनिङ्स खेले। त्यस्तै टम वेस्ट्लीले ३९ रन जोडे।

नेपालका लागि सोमपाल कामी, सन्दीप लामिछाने र शरद भेषवाकरले समान २/२ विकेट लिए ।

अब पुन: शुक्रबार एमसीसीले सुरुवातमा ब्याटिङ गर्नेछन्।

नेपालले करिब १४ वर्षपछि घरेलु मैदानमा प्रथम श्रेणीको क्रिकेट खेल्न लागेको हो।

यस पछि नेपालले टी-ट्वान्टी क्रिकेट खेल्नेछ। यसअघि भएको एकदिवसीयमा नेपालले एमसीसीलाई ५ विकेटले हराएको थियो ।

नेपाली क्रिकेट विकासको लागि तयार गरेको लिगेसी टुर अन्तर्गत एमसीसी टिम नेपाल आएको हुो। नेपाली क्रिकेट विकासको लागि एमसीसीले गत वर्षको साउनमा लिगेसी टुरको घोषणा गरेको थियो।

प्रकाशित मिति: : 2019-11-06 17:06:39

प्रतिकृया दिनुहोस्