स्पेनिस ला लिगा: रियल भालाडोलिड विजयी

तस्बिरः एजेन्सी

स्पेनिस ला लिगा फुटबलमा रियल भालाडोलिड विजयी भएको छ ।

आइतबार राति भएको खेलमा भालाडोलिडले मालोर्कालाई ३–० ले पाखा लगाएको हो । भालाडोलिडको जितमा जोक्विन फर्नांडीज मोरेनो, एन्स युनल र सैंड्रो रामिरेज़ कैस्टिलोले एक एक गोल गरेका थिए ।

जितसँगै स्पष्ट तीन अंक जोडेको भालाडोलिड १७ अंकसहित तालिकाको १० औँ स्थानमा छ ।

यस्तै आइतबार राति नै भएको खेलमा भिल्ला रियल र एथ्लेटिक क्लब गोलरहित बराबरीमा रोकिएका थिए ।

भिल्ला रियल १८ अंकसहित सातौँ स्थानमा छ भने एथ्लेटिक क्लब १७ अंकसहित आठौँ स्थानमा छ ।

प्रकाशित मिति: : 2019-11-04 07:05:25

प्रतिकृया दिनुहोस्