रेलिगेशन जोनमा रहेको एभर्टनसँग बराबरीमा रोकियो टोटेनहम

तस्बिरः एजेन्सी

प्रिमियर लिग फुटबलमा टोटेनहमले बराबरीमा रोकिएको छ ।

आईतबार राति भएको खेलमा टोटेनहमले एभर्टनसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

खेलको ६३ औ मिनेटमा डेली अलीले टोटेनहमलाई अग्रता दिलाएका थिए ।

खेलको ७९ औं मिनेटमा सन ह्युङले रातो कार्ड समेत खादै मैदान बाहिरिए । उनले खराब ट्याकलका गर्दा गोमेज खुट्टमा गम्भिर चोट बोक्न बाध्य भए ।
टोटेनहमले बाँकी समय १० खेलाडीमा सिमित रहेर खेलको अन्त्य गरेको थियो ।

तर सेन तोसुनले ९७ औ मिनेटमा हेडमार्फत गोल गर्दै टोटनहमलाई अंक बाँड्न बाध्य बनाए ।

टोटेनहम १३ अंक सहित तालिकाको ११ औ स्थानमा छ । एभर्टन ११ अंक जोड्दै रेलिगेशन जोनभन्दा एक स्थान माथि छ ।

प्रकाशित मिति: : 2019-11-04 06:33:19

प्रतिकृया दिनुहोस्