क्रिष्टललाई हराउँदै लेष्टर तेस्रो स्थानमा, चेल्सी अंक तालिकामा चौथो

तस्बिरः एजेन्सी

प्रिमियर लिग फुटबलमा लेष्टर सिटीले सहज जित निकालेको छ ।

आइतबार राति लेष्टरको घरेलु मैदानमा भएको खेलमा क्रिष्टल प्यालेस २–० गोल अन्तरले पराजित भएको हो ।लेष्टरलाई जित दिलाउन काग्लार सोयुन्कु र जेमी भर्डीले एक एक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५७ औं मिनेटमा सोयुन्कुले गोल गर्दै लेष्टरलाई अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ८८ औं मिनेटमा भर्डीले गोल गर्दै लेष्टरलाई २–० को सहज जित दिलाए ।

जितसँगै लेष्टरले ११ खेलबाट २३ अंक जोडेको छ । लेष्टर लिगको तेस्रो स्थानमा समेत उक्लिएको छ ।त्यस्तै समान अंक भएपछि गोल अन्तरमा चेल्सी चौथो स्थानमा झरेको छ ।

१५ अंक जोडेको क्रिष्टल नवौं स्थानमा रहेको छ ।

प्रकाशित मिति: : 2019-11-03 22:40:59

प्रतिकृया दिनुहोस्