छिमेकी क्लब बार्सिलोना हार्दा मड्रिड बराबरीमै रोकियो

तस्बिरः एजेन्सी

रियल मड्रिडले स्पेनिस लिगको शीर्ष स्थानका उक्लिने मौका गुमाएको छ ।

शनिबार राति भएको खेलमा रियल वेटिससँग बराबरी खेल्दै रियलले तालिकाको शीर्ष स्थानमा उक्लिने मौका गुमाएको हो ।

पहिलो हाफमा इडेन हजार्डले रियललाई अघि बढाउने कोशिश गरेका थिए । तर उनको गोल अफसाईड हुन पुगेको थियो ।

यस्तै रियलका भिनिसियस जुनियर र सर्जियो रामोसको प्रहारलाई वेटिसका गोलकिपरले उत्कृष्ट बचाउ गर्दै घरेलु टोलीलाई निराश बनाउने काम गरेका थिए ।

शीर्ष स्थानको बार्सिलोना र रियल मड्रिडको समान २२ अंक रहेको छ । तर गोल अन्तरका आधारमा बार्सिलोना शीर्ष स्थानमा छ । रियल दोस्रो स्थानमा छ । रियल वेटिस १३ अंक सहित तालिकाको १४ औ स्थानमा छ ।

 

प्रकाशित मिति: : 2019-11-03 06:50:35

प्रतिकृया दिनुहोस्