नेपालविरुद्धको सिरिज खेल्न एमसीसीको टोली काठमाडौं आइपुग्यो

इंग्ल्याण्डको मेरिलिबोन क्रिकेट क्लब (एमसीसी) नेपालविरुद्ध सिरिज खेल्न शनिबार दिउँसो काठमाडौं आइपुगेको छ ।

नेपाल आएको एमसीसीको टिममा जिम्मी एडम्स (कप्तान), यासिर अराफात, बिली गोड्लीमन, विल रोड्स, क्रिस राइट्, टोम वेस्ट्ले, एलेक्स स्पेन्सेर, एलेक्स थमसन, कालुम ज्याक्सोन, ओलिभर हानोन डाल्बे, इड योङ, मिल्स हामोड, विल भेन्देरस्पेर रहेका छन् ।

यस्तै म्यानेजरमा रिचार्ड ग्रेटोरेक्स, प्रशिक्षकमा ओइन डोकिन्स, अम्पायरमा जेफ इमेन्स, स्कोरर एलान जोन्स पनि आइपुगेका छन् ।

एमसीसीले काठमाडौं र पोखरामा गरी ६ वटा खेल खेल्ने छ । काठमाडौंमा आइतबारदेखि प्रतियोगिता सुरु हुनेछ ।

एमसीसीको नेपालमा तालिका यस्तो छ

काठमाडौंमा हुने खेल

३. नोभेम्बर एमसीसीविरुद्ध नेपाल यू–१९ टिमबीच ५० ओभर
४. नोभेम्बर एमसीसीविरुद्ध नेपाल सिनियर (५० ओभर)
६. देखि ८ नोभेम्बर एमसीसीविरुद्ध नेपाल (तीन दिवसीय)
९. नोभेम्बर पहिलो टी–२० एमसीसीविरुद्ध सिनियर र यू–१९ को मिक्स टिम

पोखरामा हुने खेल

११. नोभेम्बर एमसीसीविरुद्ध पोखरा आमन्त्रण ११
१२. नोभेम्बर एमसीसीविरुद्ध मुख्य मन्त्री ११

दुवै खेल २० ओभरको हुनेछ ।

 

प्रकाशित मिति: : 2019-11-02 13:57:42

प्रतिकृया दिनुहोस्